बालुवामा बिस किलोका फर्सि फलाउँन सफल भएपछि हर्षित् बन्दै दम्पती


पैरवी खबर

शेरबहादुर सार्की
कैलाली । सुदूरपश्चिमका अधिकाशं युवाहरु कामको खोजीमा देश तथा विदेशमा भौतारिने गरेका छन् ।
उनीहरु सँग गाउँमा कमाइ खाने प्रयाप्त जग्गा जमिन भएपनि त्यसलाई उपभोग गर्नु छोडेर भारतका विभिन्न ठाउँमा कामको खोजीमा भौतारिदै आएका छन् ।
सुदूरपश्चिमका बाजुरा , बझाग , डोटी, डँडेल्धुरा ,बैतडी, दाुर्चला, कैलाली र कञ्चनपुरका अधिकाशं युवा कामको खोजीका लागि अहिले पनि विभिन्न देशमा जाने गरेका छन् ।
गाउँमा कमाइ खाने राम्रो जग्गा जमिन भएपनि उनीहरु त्यसमा मेहनेती नगर्ने र विदेशकै रमझममा रमाउने गर्दै आउने गरेका छन् ।
पछिल्लो समयमा विदेशमा गएर पनि काम नपाइ दुख्ख कष्ट भोगेका कतीपय युवाले अहिले सम्म गाउँमै राम्रो कृषि कर्ममा गर्दै आएका छन् ।
विदेशमा गएका उनीहरुलाई आफ्नै गाउँमा केही गरेर खानु पर्छ भन्ने सोच आएपछि गाउँमै विभिन्न कृषि पेशा गर्न थालेका हुन् ।
गाउँ घरमा भन्ने गर्छन परिश्रम गरेपछि जमिनमा त के ढुङ्गामा पनि सुन फल्छ ।
यसैका एक उदारणीय पात्र हुन गणेशबहादुर कामी । कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नं २ अत्तरीयामा बसोवास गर्दै आएका गणेशबहादुर कामीले अहिले बालुवामा तरकारी खेती गर्दै आउनु भएको छ ।
घरको आर्थिक स्थिति निकै कम्जोर भएर कुनै बेला भारतमा नौकरी गर्न जानु गएका कामीले भारतमा लामो समय काम त गरे तर पनि प्रगती गर्न सकेन ।
१४ वर्षकै उमेरमा कामको खोजीमा भारतमा गएका गणेशबहादुर कामीले भारतमा आफुले सोचे जस्तो काम नपाएको र कडा मेहनेत गरेपनि सोही अनुसारको दाम नपाएको गुनासो गर्नुभयो ।
कामीलाई पहिले देखि मनमा गाउँमै केही गुर्नपर्छ भन्ने भावनाले निकै दिन प्रतिदिन सताइ रहेको थियो ।
तर कतैबाट सहयोग नपाएपछि कामी लामो समय भारतमा गएर काम गर्न बाध्य हुनुभयो ।
भारतमा गरेको नौकरीले छाकटार्न पनि धौ धौ भएपछि फेरि कामी गाउँमै फर्किनु भयो ।
लामो समय सम्म भारतमा काम गर्दा पनि केही गर्नु सकिएन भन्ने लागेपछि कामी २०७० सालमा फेरि गाउँमा आएर तरकारी खेती गर्न थाल्नुभयो ।
उसो त राम्रो जमिनमा तरकारी फलाउन फलामको चीउरा चपाए जस्तै हो । तर कामीले बालुमा तरकारी खेती गर्छु भनेर केही सहयोग मागेपछि धेरैले विश्वास समेत गरेनन ।
अत्तरीयाको खानेपानी स्थित महिला विसका संस्थाबाट धामीले दुइ लाख क्रृण लिएर गोदावरी नगरपालिकाको वडा नं २ र ३ बीचमा पर्ने गोदावरी नदिको बालुवामा तरकारी खेती सुरु गर्नुभयो ।
उहाँ २०७० साल देखि अहिले सम्म त्यो गोदावरी नगरापलिकाको वडा नं २ र ३ बीचको गोदावरी नदिनको बालुवामा तरकारी खेती गर्दै आउनु भएको छ ।
२०७८ सालको कात्तिक महिनाबाट उहाँले बालुवा मात्र भएको १० बीघामा तरकारी खेती सुरु गर्नु भयो ।
सो ठाउँमा अहिले कामीले लौका काँक्रा, करेला, तरभुजा, खुर्सानी र फर्सि लगाउँदै आउनु भएको छ ।
भारतमा आफुले गरेको कामको मुल्य नपाएकोले मैले नेपाल आएर नदिनमा यो तरकारी खेती गर्न थालेको गणेश बहादुर कामीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “म १४ वर्षकै कलिलो उमेरमा भारतमा गए त्यहाँका विभिन्न ठाउँमा काम गरे तर पनि कुनै प्रगती गर्न सकेन ।,,
गाउँमा नै केही गर्नुपर्छ भन्ने सोच त राखे तर मलाई सहयोग गर्ने कोही मिलेन कामीले भननुभयो, “अनी फेरी भारतमा नै गएर घर खर्च चलाउँनकै लागि केही समय फेरि चौकीदारीको काम गर्न थाले ।,,
घरमा दुइ छोरा एक छोरी श्रीमति र आफु गरेर ६ जनाको परिवार भएपछि त्यसलाई पालन पोषण गर्न मलाई निकै मुस्किल भयो धामीले बताउनुभयो ।
घरको आर्थिक स्थिति निकै दयनीय भएकोले बालबच्चा पालन पोषण गर्न समेत धौ धौ भएपछि मैले अव त केही न केही गर्नु पर्छ भन्ने सोच बनाएपछि म गाउँमा आएर यो तरकारी खेती सुरुवा गरेको कामीले बताउनुभयो ।
भारतमा बसेर पनि बालबच्चा पालन पोषण गर्नु बोहक अरुकुनै प्रगति गर्न नसकेका कामीले २०७० साल नेपालमा फर्किएर यो तरकारी खेती गर्न थालेपछि अहिले यसबाट निकै राम्रो कमाइ गरेका छन् ।
कामीको यो तरकारी खेती कात्तिकमा सुरु गरेर जेष्ठ सम्म रहन्छ त्यसपछि वर्षात्को समयमा खोलामा नदि आएर बगाइहाल्छ । फेरि हिउँदमा सोही बगरमा तरकारी खेती सुरु गर्छन् ।
यो खोलाको बालुवामा पनि तरकारी खेती हुन्छ र को नेपालीले गर्न सक्छ यस्तो काम भनेर गाउँमा धेरैले डराउन थालेका थिए धामीले भन्नुभयो ।
तर मैले अरुले जे भनेपनि मैले बालुवामा तरकारी खेती सुरुवात नै गरेर छोड्छु भन्ने आँट गरेपछि अहिले उनीहरु निकै चकित परेका छन् कामीले खुसी हुँदै बताउनुभयो ।
अहिले कामीले बावलुमा फलाएको तरकारी अत्तरीयाको बजारमा छ्याछ्यापी छ । जता ततै उहाँकै तरकारी बिक्री भइरहेको छ ।
वैशाखमा नै मैले झण्डै दश क्वीन्टल भन्दाबढी तरकारी बिक्री गरि सकेको छु । अहिले भरखर तरकारी फेलेको छ । तैपनि मैले धेरै तरकारी बिक्री गरेको कामीले भन्नुभयो ।
बारीमा लौका फर्सि काँक्रा धेरै उत्पादन गरेको छु । जसका कारण मैले अहिले महिला विकासबाट ल्याएको क्रृण पनि सहज नै तीर्न सक्छु ।
तरभुजा अहिले पाकेको छैन् त्यो पाकेपछि पनि म त्यसैबाट पनि धेरै कमाइ हुने आशमामा छु कामीले भन्नुभयो,“यो तरकारीले खेतीले अहिले मेरो मुहारमा निकै खुसी छाएको छ । घरमै बसेर यो तरकारी खेती गर्दा मैले मनग्य कमाइ गर्न थालेपछि मेरो घरपरिवारको मुहारमा समेत खुसी आएको हो ।,,
केही काम नपाएर निकै चिन्ता लागि रहन्थ्यो अहिले यो तरकारी खेतीमा नै काम गरिरहँदा त्यो चिन्ता पनि दुर भएको गणेश बहादुर कामीकी श्रीमति धर्मा देवि कामीले बताउनुभयो ।
उहाँले भन्नुभयो,“घरमा बालबच्चा सानै हुँदा मेरो श्रीमानले हामीलाई पालन पाषण गर्नका लागि विदेशीनु भयो । लामो समय सम्म भारतमा बस्ता बाचलबच्चा पाल्नु बाहेक केही प्रगती भएन । अहिले उहाँ भारतबाट गाउँ फर्किनु भयो र यो तरकारी खेती सुरु गर्नुभयो । अहिले यो बगरको तरकारी खेतीले हाम्रो घरपरिवारको मुहारमा निकै खुसी ल्याएको छ ।,,
मेरो श्रीमानले म बगरमा तरकारी खेती गुर्छ भन्दा कोहीले पत्याउनु भएन । बल्ल महिला विकासले दुइ लाख रुपियाँ क्रृण दियो त्यसैले यसमा लगानी गर्दै आएपछि अहिले हामीलाई त्यसले नै यो तरकारी खेतीमा उत्पादनमा जोड दियो र यसैबाट अहिले हामीले महिला विकासले दिएको त्यो क्रृण तीर्न सफल भयौ कामीले भन्नुभयो ।
पहिला रोजगारका लागि आफै भारतमा जानु भएका कामीले अहिले गाउँका अन्य युवालाई समेत रोजगार दिनु भएको छ ।
अहिले कामीको तरकारी खेतीमा नै आएर धमाधम तरकारी लिने गरेका छन् । दिनमा तरकारी किन्न आउनेको समेत भिडभाड देखिन्छ ।
भारतबाट आएका सडेका तरकारी खान बाध्य भएका स्थानीयहरु अहिले कामीको तरकारी बारीबाट ताजा तरकारी खानपाएपछि निकै हर्षित बन्दै गएको तरकारी खरिद गर्न आउनु भएकी प्रेङ्का कुमारी सार्कीले बताउनुभयो ।
अहिलेको स्थानीय सरकारले यस्ता कर्म गर्नेहरुलाई केही अुनदान दिएको भए गाउँका बेरोजगार युवालाई समेत उनीहरु गाउँमै रोजगारी दिलाउँन सक्छन ।
तरकारी खेती गुर्छ भनेर स्थानीय सरकार सँग केही सहयोग माग्दा कतैबाट केही सहयोग नमिलेको गणेश कामीले यति बेला बगरमा फलाएको तरकारी खेतीले बजारमा किनै हलचल मचाएको छ ।
अत्तरीयाको चोक चोकमा कामीले बालुवामा फलाएका काँक्रा,लौका, फर्सि तरभुजा नै देखिन्छ ।
खुद्रामा तरकारी बिक्री गर्दै आएका व्यवापरीहरुले कामीको बारीमा लिएका तरकारी चोक चोकमा लगेर बिक्री गर्न थालेका छन् ।
बगर खेती गर्नुका लागि फेरि पनि कामीले स्थानीय सँग आर्थिक सहयोगमा माग राख्दै आउनुभएको छ ।
स्थानीय तहमा कृषिका विभिन्न कार्यक्रमहरु सञ्चालन भएका छन् । तर हामी जस्ता गरेर खानेका लागि भने ती कार्यक्रमहरु नभएको कामीले बताउनुभयो ।
कृषिले पनि विभिन्न अुनदान दिने गरेको भन्दा सुनेको छु तर मैले ती अनुदान पाउँनका लागि विभिन्न ठाउँमा धाउँदा पनि कतै नपाएको कामीले दुःखेसो पोक्दै भन्नुभयो ।
चाहाना राखेपछि ठुलै जग्गा जमिन चाहिन्छ र आफ्नै जमिन भएपछि मात्र केही गर्नु पर्छ भन्ने कुरा झुट सावित गर्नु भएका कामीले कहिल्यै प्रयोग नभएको बगरको बालुवामा तरकारी खेती गरेको देख्दा अहिले यहाँका युवाहरुलाई समेत गाउँमै केही गर्नु पर्छ भन्ने सन्देश दिएको छ ।
स्थानीय सरकारले मलाई केही अनुदान दियो भने यहाँका अधिकाशं वेरोजगार युवालाई समेत गाउँमै रोजगार दिन सकिने धामीले बताउनुभयो ।
क्याप्सन ः गणेशबहादुर कामी र उहाँकी पत्नी धर्मा देवि कामी गोदावरी नदिको बालुवामा लगाएको तरकारी टिप्दै । तस्बिर ः शेरबहादुर सार्की/बाजुरा