नेकपा एमाले जिल्ला कमिटी अछामको बैठक सम्पन्न


पैरवी खबर

टेक बहादुर थापा (ठुलासेन) – नेकपा एमाले जिल्ला कमीटी अछामको बैठक विभिन्न निर्णय गर्दै मंगलसेनमा समपन्न भएको छ ।

जिल्ला अध्यक्ष चन्द्र बहादुर बोहराको अध्यक्षतमा बसेको बैठकले जिल्लामा पार्टीका गतिविधिलाई तिब्रता दिने, १० वटै पालिकामा फागुन १३ गते पालिका स्तरिय बैठकको आयोजना गर्ने, बैशाख ३० गते घोषण गरिएको स्थानीय तहको निर्वाचनको तयारी गर्ने, जिल्लाभर एमालेको पछिल्लो संगठनको अवस्थाका बारेमा सर्वेक्षण गर्ने लगायतका निर्णय गरेको छ ।

कोभिडको कारणले ढिलोगरि बसेको पार्टीको बैठकले अधिवेशन सफल पार्न सहयोग गर्ने सबै नेता तथा कार्यकर्तालाई धन्यवाद समेत ज्ञापन गरेको छ । बैठकले निर्माणधिन अवस्थामा रहेको पुस्पलाल स्मृति भवन र मदन आश्रीत भवन निर्माणका लागि आवश्यक बजेटको ब्यवस्थापन गर्ने र त्यसका लागि विभिन्न नेताहरुलाई जिम्मेवारी दिने निर्णय गरेको पार्टीका जिल्ला कमीटी सदस्य पुष्पराज भट्टले बताउनुभयो ।बैठकले पार्टीलाई जिल्लामा थप सुदृढ बनाएर लैजाने निर्णय समेत गरेको जिल्ला सदस्य भट्टले बताउनुभयो।

बैठकमा नेकपा एमालेका प्रदेश कमीटी उपाध्यक्ष कमल तिमीलसैना, प्रदेश कमीटी सदस्य भरत साउद, नन्द बहादुर कडायत, पदम बोहरा, कटक साउद, भिम जनाला, मना अधिकारी, नृर्मला रावल लगायतको सहभागिता रहेको एमाले जिल्लाकमीटी उपसचिव डम्बर बिसीले जानकारी दिनुभएको छ ।