महालक्ष्मी विकास बैंक संस्थागत समाजिक उत्तरदायित्व कार्यक्रममा अग्रसर बन्दै


पैरवी खबर

एकेन्द्र महता, अछाम
महालक्ष्मी विकास बैंक लिमिटेड समाजिक उत्तरदायित्व कार्यमा अग्रसर भएको छ। महालक्ष्मी विकास बैंक लिमिटेड शाखा कार्यालय साँफेबगरले संस्थागत समाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बिहीबार साँफेबगर नगरपालिका वडा नम्बर १ स्थित सूर्यचन्द्र प्रविधिक तथा व्यवसायिक नमुना माध्यामिक विद्यालयलाई सरसफाई सामग्री वितरण गरेको छ। बिहीबार बैंकले संस्थागत समाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सरसफाई सामाग्री वितरण गरेको हो। साँफेबगर स्थित महालक्ष्मी विकास बैंक लिमिटेड शाखाले एक कार्यक्रमको आयोजना गरी सरसफाई सामाग्री हस्तान्तरण गरीएको हो। महालक्ष्मी विकास बैंक लिमिटेड साँफेबगरका शाखा प्रवन्धक पुनित शाहले उक्त विद्यालयलाई स्वच्छ खानेपानीका लागि एक हजार र पाँच सय लिटरका हिल ट्यांक एक÷एक वटा, दुई ठूला डष्टविन र पाँच वटा साना डष्टविन हस्तान्तरण गर्नु भएको थियो। सरसफाई सामाग्रि हस्तान्तरण गर्दै शाखा प्रमुख शाहले बैंकले नाफा कमाउनु मात्रै नभएर सामाजिक कार्यमा पनि सहभगिता हुनु पर्ने बताउनु भएको छ। सामाग्रि हस्तान्तरण कार्यक्रममा बोल्दै उहाँले महालक्ष्मी बचत वृद्धि खातामा ८.५५ प्रतिशत ब्याजदर पाईने व्यवस्था रहेको बताउनु भयो। यस्तै उहाँले पाँच लाखको दुर्घटना मृत्यु बीमा, निःशुल्क मोबाइल बैंकिङ सुविधा, निःशुल्क एटीएम कार्ड, लकर सुविधामा ५० प्रतिशत छुट, निःशुल्क मेरो शेयर C–ASBA सुविधा, निःशुल्क DMAT AC ओपनिङ चार्ज, निःशुल्क चेक बुक, निःशुल्क अनलाइन बैंकिङ सुविधा रहेको जानकारी दिनु भएको छ।
यस्तै शाखा प्रमुख शाहले उक्ता खाताको डिमान्ड स्टेटमेन्टमा निःशुल्क, निःशुल्क जडान IPS सुविधा, मिस्ड कल बैंकिङ रहेको बताउनु भएको छ। यस्तै सरसफाई हस्तान्तरण कार्यक्रममा बोल्दै सूर्यचन्द्र प्रविधिक तथा व्यवसायिक नमुना माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रबिन्द्र बहादुर शाहले विद्यालयलाई सरसफाई सामग्रि हस्तान्तरण गरेकाले धन्यवाद ज्ञापन गर्नु भएको छ। उहाले आगामि दिनमा पनि यस्तै सहयोगको अपेक्षा रहेको बताउनु भएको छ। कार्यक्रममा बोल्दै सूर्यचन्द्र प्रविधिक तथा व्यवसायिक नमुना माध्यामिक विद्यालयका प्रधानाध्यापक देवेन्द्र बहादुर शाहले महालक्ष्मी विकास बैंक साँफेबगर शाखाले विद्यालयलाई सरसफाई सामाग्री प्रदान गरेकाले शिक्षक तथा विद्यार्थीलाई खानेपानी तथा सरसफाईमा सहजता हुने बताउनु भएको छ।
हाँले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा रहेको उल्लेख गर्नु भयो। सरसफाई कार्यक्रममा बोल्दै साँफेबगर नगरपालिका वडा नम्बर १ बा वडा अध्यक्ष अमर बहादुर शाहले महालक्ष्मी विकास बैंकले विद्यालयलाई खानेपादी तथा सरसफाईका सामग्रि हस्तान्तरण गरेको प्रति खुसि व्यक्त गर्नु भएको छ। उहाँले बैंकहरुले मुनाफा मात्रै नभएर यस्ता अन्य सामाजिक कार्यमा पनि अग्रसर हुनु पर्ने बताउनु भएको छ। सूर्यचन्द्र प्रविधिक तथा व्यवसायिक नमुना माध्यामिक विद्यालयका प्रभानाध्यापक देवेन्द्र बहादुर शाहको अध्यक्षतामा भएको खानेपानी तथा सरसफाई सामाग्री हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि साँफेबगर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष तथा विद्यालय व्वस्थापन समितिका पूर्व अध्यक्ष अमर बहादुर शाह रहनु भएको थियो। यस्तै कार्यक्रमका विशिष्ठ अतिथि सूर्यचन्द्र प्रविधिक तथा व्यवसायिक नमुना माध्यामिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष रबिन्द्र बहादुर शाह, रहनु भएको थियो।
यस्तै कार्यक्रमका अतिथिहरुमा महालक्ष्मी विकास बैंक साँफेबगरका प्रबन्धक पुनित शाह, रेडियो जनप्रिय एफ।एम।का प्रबन्ध निर्देशक तपेन्द्र कुँवर, जागरण न्यूजका प्रकाशक सम्पादक एकेन्द्र महता, महालक्ष्मी विकास बैंक साँफेबगर शाखाका लब साउँद, भावना उपाध्याय, न्याय हेल्थ बयलपाटाका ल्याब टेक्निसियन रमेश बडाहित सूर्यचन्द्र प्रविधिक तथा व्यवसायिक नमुना माध्यामिक विद्यालयका शिक्षक नारायण प्रसाद जोशी, राज कुमार बिष्ट, लगाएत विद्यालयमा कार्यरत शिक्षक र विद्यालयमा अध्ययनरत विद्यर्थीको उपस्थिति रहेको थियो। खानेपानी तथा सरसफाई हस्तान्तरण कार्यक्रमको संचालन विद्यालयका सहायक शिक्षक भगत शाहले गर्नु भएको थियो।