आफ्नै भाग्य खोटो सम्झेर दिल दुखाउँछन् विचारहरू


पैरवी खबर

आफ्नै भाग्य खोटो सम्झेर दिल दुखाउँछन् विचारहरू
अनि गाली गर्दा नि मुसुक्क हाँसी दिल दुखाउँछन् बिचारहरु

ती कोमल पाउले होटलको झुठो भाडामा माझछन्
अनि ति हत्केलाका ठेला देखेर दिल दुखाउँछन् विचारहरू

गाली गर्छन् ती नाबालकलाई शाहु
भएकाहरु
अनि मलिन मुख लगाउँदै दिल दुखाउँछन् विचारहरू

दुःख मानेर पनि कता जाउन् चारैतिर सुन्ने संसार छ
अनि मेरो जिन्दगी यति नै रहेछ भनी दिल दुखाउँछन् विचारहरू।

लेखक
कुबेर निशानी द्वारा लिखित कविता