काठमाडौं :नेकपा एमालेका उपाध्यक्ष भीम रावलको निकट मानिएका राष्ट्रियसभा सदस्य शेरबहादुर कुवँरको मन्त्री बन्ने चर्चा चलेको छ । इमान्दार र निष्ठाको छबि बनाएका कुवँरलाई मन्त्रीको प्राथमिक लिस्टमा राखिएको बुझिएको छ । कुनै बेला भीम रावलको राजनीतिमा पुलको भूमिका निर्वाह गरेका कुवँर पार्टी टुक्रिएसँगै माधव नेपालको नेकपा एकीकृत समाजवादीमा लागेका हुन्
काठमाडौं । माधवकुमार नेपालसँग रहेका तर, उनको नयाँ पार्टीमा नगएका नेकपा एमालेका नेताहरुले १० बुँदे सहमति कार्यान्वयनका लागि अध्यक्ष केपी शर्मा ओलीलाई दुई दिने अल्टिमेटम दिएका छन् । नभए विद्रोह गर्ने र यो माधव नेपालले नयाँ पार्टी बनाउँदा भन्दा ठूलो हुने उनीहरुको दाबी छ । अध्यक्ष ओली र नेपाललाई दबाब
धनगढीः आज एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल आफ्ना पक्षका नेता तथा सांसदहरू लिएर नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगे। राजनीतिक दलसम्बन्धी ऐन दोस्रो संशोधन अध्यादेशका आधारमा माधवकुमार नेपालले नयाँ दल खोल्न आयोग पुगेसँगै अहिलेलाई एमाले एकताको च्याप्टर क्लोज भएको छ। यसअघि २०५४ सालमा नेपाल महासचिव रहँदा वामदेव गौतमको नेतृत्वमा
राष्ट्रिय सम्मेलनको तयारीमा जुट्यो अखिल क्रान्तिकारी, विभिन्न उपसमिति गठन २०७८ साउन ३१ ग ३१ साउन, काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी आसन्न २२औं राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको छ । आगामी असोज ८ गतेदेखि १० गतेसम्म निर्धारित राष्ट्रिय सम्मेलनको पूर्वतयारीका लागि विभिन्न उपसमितिहरु गठन गरिएको छ । सम्मेलनको तयारीबारे आइतबार
जनप्रतिनिधिहरुको सम्पत्ति छनबिन गर्न एमाले सांसदको माग २८ साउन, काठमाडौं । नेकपा एमालेका सांसद आशा कुमारी विकले तीनवटै तहका जनप्रतिनिधिहरुको सम्पत्ति छानबिन गर्न माग गरेकी छन् । बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले जनप्रतिनिधिको आर्थिक हैसियत बढेको भन्ने आइरहेको भन्दै त्यसबारे छानबिन गर्नुपर्ने माग गरेकी हुन् । उनले भनिन्, ‘जनप्रतिनिधिको
संवैधानिक इजलासमा किन टुट्यो न्यायाधीशहरुको बरिष्ठताक्रम ? २२ साउन, काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दा टुंग्याएपछि बस्न नसकेको सर्वोच्च अदालतको संवैधानिक इजलासको शुक्रबार पेशी राखिएको छ । वरिष्ठताक्रम अनुसार न्यायाधीश छनौट गर्ने प्रतिवद्धता जनाएका प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले बरिष्ठताक्रममा दुई न्यायाधीश छाडेर थप न्यायाधीश सहित इजलास गठन गरेका छन् । प्रतिनिधिसभाको दोस्रो
मोरङमा मध्यरातमा मोटरसाइकल नहरमा खसेपछि चालक बेपत्ता भएका छन् । ग्रामथान गाउँपालिका–५ स्थित खद्रा नहरमा मङ्गलबार राति मानिससहितको मोटरसाइकल खसेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोरङका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार हिजो राति ११ बजेतिर नहरमा मानिससहितको मोटरसाइकल खसेको हो । नहरमा खसेको मोटरसाइकल भेटिएको छ भने
नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट ३७ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार अपराह्न सार्वजनिक गरेको विवरणअनुसार देशका विभिन्न जिल्लाहरूमा १८ हजार ४०८ जनाको नमुना परीक्षण गर्दा ३ हजार ९३८ जनामा सङ्क्रमण पाइएको हो । आज ११ हजार ८७० पिसिआर परीक्षण गर्दा ३ हजार ७
पछिल्लो समय खोटाङमा नक्कली फेसबुक आइडीबाट युवतीको मानमर्दन हुने गरेको पाइएको छ । ‘यो मायाको सागर’ नामक नक्कली फेसबुक आइडीबाट आएको फ्रेण्ड रिक्वेस्ट एसेप्ट गर्दा खोटाङ जिल्लाको विभिन्न गाउँका १२ भन्दा बढी युवतीको मानमर्दन भएको पाइएको हो । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी २१ वर्षकी युवतीलाई ‘यो मायाको सागर’
भारतमा दुई नेपाली बच्चाको निधन भएको छ । दिल्लीको शालिमारबागमा बस्दै आएका बाजुराको बुढीगंगा नगरपालिका–५ का मानबहादुर विककी ६ वर्षीया छोरी लक्ष्मी र तीन वर्षीय छोरा विशालको औषधी सेवनबाट मृत्यु भएको हो । भारतमा एक क्लिनिकका चिकित्सकले दिएको औषधि सेवन गरे लगत्तै दुई नेपाली दिदी भाईको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले