अछाम -१ मा कांग्रेसको क्षेत्रीय सभापतिमा लालबहादुर कुँवरको उम्मेदवारी


पैरवी खबर

अछाम । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै अछाम क्षेत्र नं. १ मा लालबहादुर कुँवर (नेत्र) ले क्षेत्रीय सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

कुँवरले पार्टी संगठनलाई सुदृढ बनाउने, पारदर्शी तथा अनुशासित नेतृत्व विकास गर्ने, सबैको सहभागिता सुनिश्चित गर्ने र न्याय तथा समानतामूलक समाज निर्माणलाई प्राथमिकता दिने प्रतिबद्धता सार्वजनिक गरेका छन्। कुँवर हाल साँफेबगर नगर सभापति पदमा हुनुहुन्छ ।