डा.भीम रावल – संक्षिप्त परिचय /प्रोफाइल


पैरवी खबर

नाम : डा. भीम रावल
जन्म : २०१३ साल साउन ४ गते
ठेगाना : साँफेबगर नगरपालिका वडा नं. ६ भागेश्वर अछाम
माता : स्व.धनशोभा रावल
पिता : मोतीसिंह रावल
श्रीमति : सन्जिता रावल
शिक्षा : राजनीतिक शास्त्रमा विद्यावारिधि (PhD) तथा कानुनमा स्नातक (LLB) उपाधि हासिल
राजनीतिक यात्रा :
डा. भीम रावल २०३० सालदेखि प्रगतिशील विद्यार्थी राजनीतिमा सक्रिय रहनुभएको हो। २०३२ सालमा विद्यार्थी आन्दोलनका क्रममा पक्राउ परेर केन्द्रीय कारागारमा रहँदा उहाँले तत्कालीन राजा वीरेन्द्रसँग भेट गर्नुभएको थियो।
२०३३ सालमा राजकाज मुद्दा अन्तर्गत पुनः कारागार जीवन बिताउनुभएको उहाँले २०३७ सालमा नेकपा (एमाले)को सदस्यता प्राप्त गर्नुभयो।
उहाँ अनेरास्ववियु (एकताको पाँचौँ) का संस्थापक नेतामध्ये एक हुनुका साथै २०३६ सालमा केन्द्रीय सचिवालय सदस्य, विदेश विभाग प्रमुख तथा विद्यार्थी आवाज र स्टुडेन्ट्स डाइजेस्टका सम्पादकको जिम्मेवारी सम्हाल्नुभएको थियो।
जिम्मेवारी तथा योगदान :
नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य तथा वरिष्ठ नेता
अनेरास्ववियु पाँचौँ राष्ट्रिय सम्मेलनका क्रममा गिरफ्तारी, हिरासत र कारागार जीवन
२०३९ पछि पार्टीको काठमाडौं बुद्धिजीवी कमिटी सचिव
पार्टीको साप्ताहिक पत्रिकाको सम्पादन जिम्मेवारी
प्रचार विभाग, विदेश विभाग तथा संगठन विभागमा लामो समय योगदान
संविधान निर्माणपछि सुदूरपश्चिम प्रदेश कमिटी संयोजक तथा संस्थापक
२०७१ सालमा नवौँ राष्ट्रिय महाधिवेशनबाट सर्वाधिक मतसहित केन्द्रीय कमिटी अध्यक्षमा निर्वाचित

सरकार र संसदीय क्षेत्रको जिम्मेवारी :
★ २०४० सालमा नेकपा (माले) को तर्फबाट मन्त्री बन्नु भएका मदनलाल खनालको राजनीतिक सल्लाहकार ।
★ २०४८ सालमा नेकपा (एमाले) को तर्फबाट अछाम निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार भई पराजित, २०५१ सालमा सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभाको सदस्यमा विजयी ।
★ २०५१/५२ सालमा नेकपा (एमाले) को अल्पमतको सरकारमा पर्यटन, संस्कृति तथा नागरिक उड्डयन र वाणिज्य राज्यमन्त्री र पछि उद्योग मन्त्रालयको समेत जिम्मेवारी वहन ।
★ २०५५ सालमा गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री हुनु भएको पुनरावृत्ति सरकारमा पर्यटन, संस्कृति तथा नागरिक उड्डयन र विज्ञान तथा प्रविधि मन्त्री, २०५६ सालको आम निर्वाचनमा निर्वाचन क्षेत्र नं. १ अछामबाट प्रतिनिधि सभाको सदस्यमा पराजित ।
★ २०६२/६३ सालको जनआन्दोलनमा ३५ दिन सशस्त्र प्रहरीको व्यारेकमा बन्दी ।
★ २०६४ सालको संविधान सभामा नेकपा (एमाले) को तर्फबाट संविधान सभामा समानुपातिक तर्फबाट सदस्य ।
★ २०६५ सालदेखि २०६८ सालसम्म गृहमन्त्री तथा २०६९ साल कात्तिकदेखि २०७३ साल साउनसम्म उपप्रधान तथा रक्षामन्त्री ।
★ २०७० सालमा अछाम जिल्ला निर्वाचन क्षेत्र नं. १ बाट संविधान सभाको सदस्य निर्वाचित ।
★ संविधान सभाको संवैधानिक समिति तथा संविधान मस्यौदा समितिको सक्रिय सदस्य ।
★ माओवादी सेनाका लडाकुहरूको समायोजन तथा पुनःस्थापना सम्बन्धी विशेष समितिको सदस्य भई तथा विभिन्न वार्तामा संलग्न रही शान्ति प्रक्रियामा सक्रिय र महत्वपूर्ण भूमिका निर्वाह ।
★ २०७४ सालको आम निर्वाचनमा अछाम जिल्ला निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभाको सदस्य निर्वाचित ।
★ संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको लामो समयसम्म सदस्य ।
★ २०७९ सालको आम निर्वाचनमा अछाम, निर्वाचन क्षेत्र नं. १ बाट सर्वसम्मत एकल उम्मेदवारको सिफारिस भएतापनि के. पी. ओलीबाट उम्मेदवारीबाट वञ्चित ।
★ देशको स्वाधीनता, हित तथा पार्टीको विधि, पद्धति र स्वच्छ किसिमले चलाउने माग गर्दा अन्यायपूर्ण किसिमले पार्टी सदस्यबाट के. पी. ओलीबाट निष्काशित ।
★ देश र जनताको पक्षमा आवाज उठाइ रहन र सिद्धान्त, विधि र पद्धतिका लागि नामावली जागरण अभियान, नेपालको २०८१ साल पुष ७ गतेदेखि देश सञ्चालन ।
★ वामपन्थी र देशभक्तको सशक्त संगठन र मूल प्रवाह निर्माणको लागि २०८१ साल कात्तिक १६ गते नेपाली कम्युनिष्ट पार्टीमा एकीकरण ।

अनुभव, पेशागत दक्षता र अन्तर्राष्ट्रिय क्षेत्रमा क्रियाशीलता
★ मानव अधिकार संरक्षण मञ्चको केन्द्रीय सदस्य तथा निर्देशक, नेपाल बार एसोसिएसनद्वारा सञ्चालित कानुनी सहायता परियोजनाको निर्देशक तथा कानुनको सम्पादक ।
★ अधिवक्ता । मानवअधिकार र विकाससम्बन्धी नेदरल्यान्ड्सको इन्स्टिच्युट अफ सोशल स्टडिजमा तीन महिने विशेष अध्ययन ।
★ जलस्रोतको उपयोगबारे अमेरिकाको हवाई विश्वविद्यालयमा ९० दिने विशेष कार्यशालामा सहभागी ।
★ २०५० साल फागुन देखि १० महिना संयुक्त राष्ट्र संघ अन्तर्गत कम्बोडियामा निर्वाचन गराउने काममा संलग्न, गृह मन्त्री हुँदैका बसन्त संयुक्त राष्ट्र संघको महासभा र सुरक्षा परिषदलाई न्यूयोर्कमा सम्बोधन ।
★ दर्जनौं अन्तर्राष्ट्रिय सेमिनार, विभिन्न पार्टीका अधिवेशनहरू, कार्यशाला, सेमिनार तथा भ्रमणको अनुभव ।
★ एशिया, युरोप, अफ्रिका, दक्षिण र उत्तर अमेरिकाका विभिन्न देशहरू र अस्ट्रेलियाको विभिन्न समयमा भ्रमण ।
लेखन र प्रकाशन :
१) नेपालमा साठ्यवादी आन्दोलन, उद्भव र विकास (पुस्तक)
२) राजनीति र मानव अधिकार (पुस्तक)
३) लिपियात्रा (कविता संग्रह)
४) विद्वानवृत्तिका लागि Political Violence and Maoist Insurgency in Nepal (राजनीतिक हिंसा तथा माओवादी विद्रोह) नामक शोधपत्र ।
५) दर्जनौं अनुसन्धानात्मक शोधपत्र, लेख तथा सञ्चार माध्यमका लेखहरू एवम् सञ्चार प्रकाशित र अप्रकाशित कविता र गीतहरूको रचना ।
(हाल :अछाम निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार ,नेपाली कम्युनिष्ट पार्टी ,चुनाव चिन्ह : तारा )