नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा डा. डिबी सुनार विजयी, दलित खुला क्लस्टरमा पहिलो


पैरवी खबर

अछाम । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनमा डा. डिबी सुनार विजयी हुनुभएको छ।
निर्वाचनको मतपरिणामअनुसार डा. सुनारले ३ हजार ८ सय ७९ मत प्राप्त गर्दै केन्द्रीय सदस्यको दलित खुला क्लस्टरतर्फ पहिलो स्थान हासिल गर्नुभएको हो।