अछाम निर्वाचन क्षेत्र नं.१ मा स्वतन्त्र सहित ८ दलले गरे मनोनय दर्ता


पैरवी खबर

अछाम – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा अछाम निर्वाचन क्षेत्र नं.१ म स्वतन्त्र सहित ८ वटा दलका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीका प्रभावशाली नेता डा. भीम बहादुर रावलले अछाम निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ ।यस्तै नेपाली काँग्रेसका पूर्व पार्टी सभापति भरत कुमार स्वाँरले निर्वाचन कार्यालयमा गएर उम्मेदवारी दर्ता गराउनु भएको छ । यस्तै नेकपा एमालेबाट दिपक साउदले उम्मेदवारी दर्ता गराउनु भएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टीका अछाम सभापति ओपप्रकाश रावलले पनि अछाम निर्वाचन क्षेत्र नं.१ वाट उम्मेदवारी दर्ता गर्नुभएको छ ।राप्रपाका लोकेन्द्र वहादुर शाह, नेकपा माओवादीका लोकेन्द्र शाही, मजदुर किसान पार्टीका सुरेन्द्र शाही र स्वतन्त्रमा भीम बहादुर कुँवरले उम्मेदावरी दर्ता गराउनु भएको छ ।