नेकपा माओवादी केन्द्र रामाराेशनकाे दाेस्राे अधिवेशन: अध्यक्षमा खगेन्द्र साउद


पैरवी खबर

नेत्र साउद, अछाम १५ माघ:

नेकपा (माओवादी केन्द्र) रामारोशन गाउँपालिका कमिटीको दोस्रो पालिका अधिवेशन नया नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनकाे बन्दसत्रबाट खगेन्द्र साउद (महेन्द्र) को अध्यक्षतामा ४५ सदस्यीय कमिटी गठन गरिएको हाे ।

कमिटीको वरिष्ठ उपाध्यक्ष रजनपुरा रोकाया, उपाध्यक्ष नर बहादुर भण्डारी, उपाध्यक्ष दिपक रावल, सचीव सुमन परियार, कोषाध्यक्ष हर्क बुढामगर, सहसचिव शेर बहादुर साउद लगायत रहेका छन ।

अध्यक्ष, पदाधिकारी र सम्पुर्ण सदस्यहरुलाई माओवादी केन्द्रका नेताहरु सरस्वती रावल, पहल साउद लगायतले सपथ गराएका थिए ।