मेल्लेख गाउपालिका वडा न. ३ ठाटीलाई बालमैत्री स्थानीय शासन वडा घाेषणा गर्न ,पालिकाकाे टाेलिद्वारा अनुगमन


पैरवी खबर

माघ २
अछामको मेल्लेख गाउपालिका वडा न ३ ठाटि लाई बालमैत्री स्थानीय शासन वडा घाेषणा गर्न काे लागि मेल्लेख गाउपालिका पालिका स्तर काे एक टाेलि बाट अाज अनुगमन गरिएकाे छ ।
माग महिना काे तेस्रो हप्ता भित्र ठाटि लाई बालमैत्रि स्थानीय शासन वडा घाेषणा गर्ने अनुगमन टाेलिले ले निष्कर्ष समेत निकालेकाे छ ।
मेल्लेख गाउपालिका उपाध्यक्ष तथा बालअधिकार समिति सयाेजक धन बहादुर शाही काे नेतृत्वमा गएकाे टाेलिले अाज अनुगमन गरेकाे हाे ।
बाल मैत्री स्थानीय शाशन वडा घाेषणा काे अन्तिम तयारीमा रहेकाे वडा न. ३ ठाटि लाई मेल्लेख गाउपालिका बिषयगत शाखा बिषयगत समिति र वर्ल्ड भिजन र अास्था नेपाल का पदाधिकारी मार्फत स्थलगत अध्यान तथा अनुगमन गरेकाे बताएको छ ।
साे टाेलिले बाल मैत्री स्थानीय शासन का ३९ वटा सुचक हरु पूरा भए नभए का बिषयमा सुचक हरुकाे अबस्था बारे जानकारी लिएकाे छ ।
केहि थप अपुग सुचक तत्काल पूरा गर्ने कार्यनयन मा निरन्तरता दिने बिषयमा पनि छलफल भएकाे छ ।
यस्तै वडा न. ३ ठाटि काे वडा कार्यलय ले मेल्लेख गाउपालिका मार्फत जिल्ला समन्वय समिति लाई अन्तिम अनुगमन का लागि सिफारिस सहित पत्र पठाउन अावश्यक प्रतिबेदन सहित तयार पारेकाे छ ।
अनुगमन टाेलिमा मेल्लेख गाउपालिका सामाजिक बिकास संयोजनक नरपति रावल वडा न ३ का वडा अध्यक्ष केशरबहादुर शाह , कार्यपालिका सदस्य कमलदेवी ताम्राकार, नरेन्द्र नेपाली , शिक्षा शाखा का पृथ्वी रावल !महिला बालबालिका शाखा का नमराज बहादुर शाही ,स्वास्थ्य शाखा का नृप बुढा हिमाल खडका , प्रबिधिका शाखा का राजन खडका , वडा सचिब गाेबिन्द बहादुर रावल ,स्वास्थ्य चाैकि ठाटिका इन्चार्ज नरेन्द्र बहादुर शाह , वर्ल्ड भिजन का मंगल शाह, अास्था नेपाल का मिल अधिकृत हर्कबहादुर खड्का, फिल्ड अधिकृत भ्वानसिह सार्की , बाल संरक्षण समिति का सचिव गंग नेपाली, बाल संजाल का राेशन रावल, पत्रकार लगायतको सहभागीता रहेकाे थियाे ।