अछाम :साफेबगर नगरपालिका ०४ मस्टामान्डौ वडा स्तरीय दलित संजाल को छैटौं साधारण सभा तथा जातीय छुवाछूत विरुद्ध अन्तरक्रिया कार्यक्रम साफेबगरमा सम्पन्न भएको छ। संजालका अध्यक्ष जानकी लुहारको अध्यक्षता एवं कार्यपालिका सदस्य जित बहादुर निशानीको प्रमुख आथित्यमा भएको साधारण सभा मा वडा सदस्य राजेन्द्र बगरकोटि , नेकपा एमाले वडा कमिटी अध्यक्ष ढकेन्द्र कुवर , नेपाली काङ्ग्रेस मस्टामान्डौ वडा सभापति नवराज बुढा , वडा सदस्य भाना लुहार , भगवती कुवर, सामाजिक अभियानता तथा सुआहारा अछाम बाजुरा संयोजक लोक बहादुर नेपाली, नगर स्तरीय दलित संजालका अध्यक्ष सुरत भुल , केवल आउजी ,कित्थी टमट्टा , युवा संजाल मस्टामान्डौका अध्यक्ष सम्शेर कुवर लगाएत अथिती रहनुभएको थियो । साधारण सभाबाट पुनः जानकी लुहारको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति चयन भएको छ। जस्मा उपाध्यक्ष : बिनोद भुल , सचिव टिकाराम हुड्के , काेषाध्यक्ष इन्द्रसरा निशनी , सह सचिव देबन्ती सुनार , सदस्य नर बहादुर सुनार लगाएत सदस्य रहनु भएको छ।
कार्यक्रममा प्रगति प्रतिबेदन जानकी लुहारले प्रस्तुत गर्नुभएको थियो ।
साधारण सभाको समापन पश्चात जातीय छुवाछूत विरुद्ध अन्तरक्रिया कार्यक्रम शुरु भएको हो । मस्टामाण्डौ स्थित सम्पुर्ण दलित अगुवा , दलित समुदाय भित्रका सर्बसाधारणहरुका बीच अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम भएको हो । प्रमुख प्रशिक्षकका रूपमा रहनु भएका लोक बहादुर नेपाली र राजेन्द्र बगरकोटिले अबका दिनहरूमा दलित समुदायले निकै जिम्मेवारका साथ समाजमा एक ढिक्का भएर अगाडि बढ्नुपर्ने , दलित -दलित भित्रको जातीय विभेद को अन्त्य गर्न , दलित समुदायमा भएको विभेद विरुद्ध ठाउँको ठाउँ प्रतिकार गर्दै सभ्य समाजको निर्माणमा लाग्न सुझाव दिनुभएको छ।
साफेबगर नगरपालिकाका १४ वटै दलित संजाल मध्य मस्टामाणडौ स्तरीय दलित संजाल निकै अग्रसर देखिएको छ। बेला- बेला गोष्ठी , जनचेतनामुल तलिमहरु , नगर तथा वडामा योजना पेस , बाढी पीडितलाई राहत, समाज बिपन्न बर्ग लाई अर्थिक तथा भौतिक सहयोग समेत गर्दै आएको छ । यस्को सिको अरु दलित संजालले गर्न आवश्यक देखिन्छ ।