अछाम।साँफेबगर नगरपालिका वडा नं. ०९ बुढाकोट निवासी (साबिक ४ दुन्दाउला) बस्ने झंकर परियारको दायाँ खुट्टाका औलाहरुमा मधुमेहले च्याप्दै गएपछि हाल उहाँको बयालपाटा अस्पताल अछाममा उपचार भइरहेको छ । पटक–पटक उपचार गरिरहँदा पनि सन्चो नहुने भएपछि उहाँको दाया खुट्टाको पैतला देखि सबै भाग काट्नु पर्ने भएको हुँदा थप उपचारका लागि बाहिर रिफर गरिएको छ । उहाँ आर्थिक अवस्थामा निकै कमजोर भएका कारण आवश्यक खर्च व्यवस्थापन गर्नको लागिअहिले झंकर परियार बचाउ अभियान पनि संचालन गरिएको छ ।बिगत लामो समय देखि अस्पताल जीवन बिताइरहनु भएका परियार आफ्नो जीवन रक्षाका लागि अस्पतालको बेड बाटै सहयोगी हातहरु लाई आर्थिक सहयोग गरिदिनका लागि आग्रह गरिराख्नु भएको छ। सहयोग गर्न चाहनु हुने शुभचिन्तक , आफन्त एवं सम्पुर्ण महानुभावहरुले तपशिलका ब्यक्तिहरुलाइ सम्पर्क गर्नहुन अनुरोध समेत उहाले गर्नु भएको छ ।
आर्थिक सहयोगको लागी उहाँको श्रीमती तारा दमाईको महालक्ष्मी विकास बैंक साँफेबगर शाखाको खाता नं. ००९००६००२२०७७६०००००१ मा रकम जम्मा गर्न सकिनेछ ।
सम्पर्क व्यक्ति – सर्जन परियार- ९८४८७८२९१२,
रमेश परियार- ९८४८६२००३५
रमन भट्ट- ९८६५६९५२१६