जात र लिङ्ग का आधारमा बितरण गर्नु पर्दछः राष्ट्रय दलित आयोगका पुर्व कार्यबाहक अध्यक्ष ताम्राकार


पैरवी खबर

जात र लिङ्ग का आधारमा बितरण गर्नु पर्दछः राष्ट्रय दलित आयोगका पुर्व कार्यबाहक अध्यक्ष ताम्राकार

  २३ श्रावण २०७८,

काठमाण्डौँ, विद्यार्थी संघ का पुर्व केन्द्रिय सदस्य ,राष्ट्रिय दलित आयोगका पुर्व कार्यबाहक अध्यक्ष मन्जित ताम्राकारले यदि आरक्षण स्थायी होइन भने सबै जात र लिङ्ग का आधारमा बितरण गर्नु पर्ने  बताउनु भएको छ ।

केहिदिन अघि सर्वोच्च अदालतले सरकारी सेवामा हुने आरक्षण जातीयताको आधारमा नभइ आवश्यकताको आधारमा गर्नुपर्ने फैसला गरेको थियो । जातीयताको आधारमा आरक्षण दिँदा निश्चित मान्छेहरूको कब्जामा पर्ने हुँदा त्यसबाट मुक्त गर्नुपर्ने सर्वोच्चको ठहर छ ,यो फैसला भए सँगै कसैले बिरोध गरेका छन्, भने कसैले सर्वोच्च को फैसलालाई स्वागत पनी गरेको पाईन्छ । यसै सन्दर्भमा  ब्याख्या गदै राष्ट्रय दलित आयोगका पुर्व कार्यबाहक अध्यक्ष ताम्राकारले आरक्षण( स्थायी) सधै भरिका लागि होइन भने सबै जात र लिङ्ग) का आधारमा बितरण गर्नु पर्ने बताउनु भएको हो । ।

धनी र गरिव बर्ग पनि स्थायी होइन , सबै तरमारा बर्ग मा आउने बित्तिकै आरक्षणको अन्त्य हुन्छ ‘उहाले’भन्नुभयो  ।

आरक्षण यदि सधै भरिका लागी  हो भने छुट्टाछुट्टै जातका आधारमा बितरण गर्नु पर्दछ किनकि जात स्थायी हो। जात रहुन्जेल आरक्षण जिवित रहन्छ। जातका आधारमा विभेद भएको हो, भने जातका आधारमा लिईएको आरक्षणले बिभेदको समुल नस्ट गर्ने Insecticideको काम गर्न नसक्दैने ताम्राकार ले बताउनु भयो ।

आरक्षण बर्गिय आधारमा बितरण गर्दा एकद्वार प्रणाली बाट एउटै सम्यन्त्रको सहयोगमा सबैलाई समान रुपले दिदा सबै भन्दा बढी दलित समुदायले उपभोग गर्न पाउछन्, किनकी अरु समुदायको तुलनामा दलितको गरिबी दोब्बर रहेको छ र जातिय बिभेदको एजेन्डा पनि सबै समुदायको साझा एजेन्डा हुन सक्ने  उहाको भनाई थियो ।