नेपाली कम्युनिष्ट पार्टी अछामको बृहत एकता सन्देश सभा सफल पार्न विभिन्न उपसमिति गठन -PAIRABI KHABAR


पैरवी खबर

अछाम – नेपाली कम्युनिष्ट पार्टी अछामको मंसिर २६ गते हुने बृहत एकता सन्देश सभा तयारी बैठक आज मंगलसैनमा सम्पन्न भयको छ ।
कम्युनिष्ट पार्टीका नेता संविधान सभा सदस्य शरद सिंह भण्डारीको अध्यक्षतामा भयको बैठकमा नेपाली कम्युनिष्ट पार्टीका नेता पुर्ब मन्त्री शेर बहादुर कुँवर प्रमुख अतिथि रहनु भयको थियो ।
प्रमुख अतिथि कुँवरले अबको निर्बाचनबाट नेकपा देशको पहिलो शक्ति हुने बताउनु भयो बैठकमा केन्द्रिय नेता राम प्रसाद तिमिल्सिना, भरत साउद, झपट साउद, मदन भुल, गोबिन्द कुँवर, नन्द साउद, केशरी रेग्मी, प्रकाश शाह, अगस्त अधिकारी, जानकि साउद, लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

बैठक ले २६ गते हुने एकता सन्देश सभा सफल पार्न विभिन्न उपसमितिहरु गठन गरेको छ ।
कुल बहादुर कुँवर संयोजकत्वमा आर्थिक उपसमिति ,मदन भुल संयोजकत्वमा प्रचार प्रसार उप समिति , प्रकाश शाहको संयोजकत्वमा यातायात ब्यवस्थापन उपसमिति, शिव बोगटीको संयोजकत्वमा स्वयंसेवक उपसमिति, राम प्रसाद तिमिल्सिनाको संयोजकत्वमा मंच ब्यवस्थापन उपसमिति , गोविन्द कुवँरको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, झपट साउदको संयोजकत्वमा मास परिचालन उपसमिति , निर्मला साउदको संयोजकत्वमा साँस्कृतिक उपसमिति , केशरी रेग्मी संयोजकत्वमा जुलुस ब्यवस्थापन उपसमिति गठन गरिएका छन ।
नेपाली कम्युनिस्ट पार्टी अछामका सबै पालिकाको बैठक २२ र २३ गते गर्ने निर्णय गरिएको छ ।