जातिय छुवाछुत कुप्रथा कहिलेदेखि कस्ले सुरु गरेका हुन भन्नेकुराको ठोस प्रमाणहरु नभेटियपनी माहाभारत कालमा जनजाति भएका कारण दोर्णाचार्यले एकलब्यलाई शिक्षा दिन अस्वीकार गरेका थिए भन्ने कुरालाई हामिले कथाहरुमा उल्लेख गरेको पाउछौ।त्यसैले छुवाछूतको सुरुवात वर्गीय समाजको सुरुवाती देखी नै स्थापित भएको हुनुपर्छ जस्तो लाग्छ।
जातीय छुवाछुत कुप्रथा हो भन्नेकुरालाई हामि सबैले मनन गर्नुको साथै नेपालको संविधानले पनि कसुरको रुपमा उल्लेख गरेको छ।तरपनी जातीय छुवाछूतका जराहरुले हाम्रो सम्पुर्ण समाजलाई हलचल गर्न नदिने गरि जकडेको छ।हामिले शब्दहरुबाट जातीय छुवाछुतलाई उन्मुलन त गर्यौ तर व्यावहारिक रुपमा भने हटाउन सकेका छैनौ। हिजो आज त राजनीति गर्नेहरुको खुराक बनेको छ जातीय छुवाछुत ।मन्चमा उभिएर छुवाछूत कुप्रथा हो। यसलाइ तोड्नु पर्छ भनेर मत माग्नेहरुले आफ्नो दैनिकी जीवमा भने प्रयोगमा ल्याएनन। स्वार्थ पुर्तिको लागि बोल्ने तर प्रयोगमा नल्याउनेहरु सामाजिक अपराधी हुन।यीनिहरु पनि लेखाजोखा राख्नुपर्छ।ताकी भावी सन्ततिलाई कारण र दोषी पत्ता लगाउन सहज होस।
जातीय छुवाछूत हाम्रो समाजमा आस्थाको रुपमा स्थापित भएको छ । स्थापित मुल्यमान्यताहरु,आस्थाहरु सोचहरु र दृस्ठिकोणहरुलाइ परिबर्तन गर्न शैक्षिक योग्यताले हुदैन योग्यताको साथसाथै ज्ञानको पनि नितान्त आवश्यकता देखिन्छ।शैक्षिक योग्यताले मान्छे शिक्षित हुन्छन तर ज्ञानि हुदैनन।समाजमा स्थापित यो भ्रमलाई पनि तोड्न आवश्यक छ।
वर्ण बिहिन,रङ्ग बिहिन ,र बर्ग बिहिन समाजको निर्माण होस।साथै समाजमा स्थापित रहेको जातीय छुवाछुतको पनि उन्मुलन होस भन्दै जातीय भेदभाव छुवाछूत उन्मुलन दिवसको सम्पुर्णमा शुभकामना छ।