साँफेबगर : नेपाल कम्युनिस्ट पार्टी पश्चिम अछाम द्वारा लघुवित्तमा तालाबन्दी गरिएको छ ।
साँफेबगर अछाममा रहेका एन एम वि लघुवित्त र छिमेक लघुवित्तमा आज तालाबन्दी गरिएको हो ।
चर्को ब्याजदर १ अन्कमा नझारेको , ऋणीहरुलाई मानसिक यातना दिनुका साथै गाउँ छोड्न , देश छोडन र आत्महत्या गर्न बाध्य पारेको , बचत फिर्ता गर्न अटेरी गरेको , पैसाको ब्यापार गरि लुट मच्चाएको ,नेपाल रास्ट्र बैंकले निर्देशन गर्दापनी सेवा शुल्क ,विमा शुल्क लगायत अन्य शुल्कहरु खारेज नगरेको भन्दै तालाबन्दी गरेको नेपाल कम्युनिस्ट पार्टी पश्चिम अछामका सचिव निरक सी ले बताउनु भयो ।