२०८० मंगलबार जेठ २
सुदुरका चर्चित लाेक तथा देउडा गायक नरेन्द्र रावलले आफ्नाे पैसाका रुख छनकी बाेलकाे माैलिक देउडा दाेहाेरी गित नरेन्द्र रावल युटुब च्यानल बाट सार्वजनिक गरेका छन ।
गायक नरेन्द्र रावल, भुवन प्रशाद दाहाल र गायिका पबित्रा भण्डारी काे आवजमा सजिएकाे यस गीतमा पर्देशीका कथाबेथा समेटिएको हुदा दर्षकले निकै रुचाएका छन ।
सुदुर पश्चिमकाे ओलिगाउ, दाेधारा चाँदनी, टिकापुर पार्क, घाेडाघाेडी ताल, कर्णाली पुल जस्ता पर्यटकीय स्तलमा छायांकन गरिएको यस गीतकाे निर्देशन सुरेन्द्र संगमले गरेकाछन ।
गायक रावलकाे आफ्नै शब्द संगीतमा रहेकाे देउडा गितमा पर्यटन व्यावसायी युवा दिपक रावल र सुदुरकी चर्चित माेडेल झरना बाेहरा काे उत्कृष्ट अभियान रहेकाे छ ।
याे गितकाे अडियो २०५९ सालमा रेकर्ड गरिएकाे र तत्काल क्यासेटकाे जमानामा अत्यन्त चलेको गित भयका कारण भिडियो छायांकन गरि दर्शक माझ ल्यायकाे र आफुले दर्शककाे माया पाईरहने गायक नरेन्द्र रावलले बताउनु भयाे ।
सुदुरपश्चिमकाे अछाम जिल्ला मंगलसेन नगरपालिका १० जुपुमा २०३८ सालमा जन्मिनु भएका नरेन्द्र रावलका हरेक देउडा गीत संगितमा आफ्नै माैलिकता र नयाँ पनकाे झल्काे देखिन्छ ।
यस अघि उनका गीतहरु फुलिजा शांन्तका फुल, सिरानी मा आँसु , धन्य पिरतिका खेल, अपुरा सैना लगायत दर्जन भन्दा बढी गीती क्यासेटहरु बजारमा सार्वजनिक भयका थिए ।
कुनै बेला बजारमा देउडा गीत संगित बजारमा ठप्प हुदा रावलले सुदूपश्चिम मेरा ढकमक्क फुली, गाैड्या भेट जस्ता लोकप्रिय गीत बजारमा ल्याउन सफल भएका थिए, जुन गीतले उनलाई दर्शक श्राेताकाे निकै माया पायका थिए ।