साँफेबगर १३, बैशाख ।
गत मंसिर ४ गते भएको प्रनितनिधि सभा सदस्य पदका उम्मेदवार राजन कुँवरको निर्वाचन खर्चको विवरण सार्वजनिक गरिएको छ। अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवार बन्नु भएका कुँवरको निर्वाचन खर्चको विवरण सार्वजनिक गरिएको हो। साँफेबगरमा एक कार्यक्रमको आयोजना गरि कुँवरले निर्वाचनमा गर्नु भएको खर्चको जनप्रतिनिधि तथा स्थानीयको उपस्थितिमा गरिएको थियो।
कुँवरले सवारी साधन प्रायेगमा १ लाख २० हजार, सवारी इन्धनमा १ लाख, प्रचार–प्रसार सामाग्रि खरिदमा ८० हजार, प्रचार–प्रसार सामाग्रि ढुवानीमा १० हजार र गोष्ठी तथा कार्यकर्ता परिचालनमा १ लाख ५० हजार रुपैयाँ खर्च भएको उहाँका वारेसी लक्ष्मण कुँवरले जानकारी दिनु भएको छ। यस्तै कुँवरले अन्य प्रचार–प्रसार (छापा एकम विद्युतिय माध्ययमा १५ हजार, कार्यालय संचालनमा १० हजार प्रतिनिधि परिचालनमा ९० हजार र विविधमा २५ हजार गरी जम्मा ६ लाख रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक गरिएको हो। खर्चको विवरण सार्वजनिक कार्यक्रममा जनप्रतिनिधि स्थानीय, पत्रकार लगाएतको उपस्थिति रहेको थियोे।