अन्तरजातीय विवाह गरेका दम्पती धनगढीमा सम्मानित


पैरवी खबर

धनगढीः अन्तरजातीय विवाह गरेका दम्पती धनगढीमा सम्मानित भएका छन्।

नेपाल दलित मुक्तिमोर्चा सुदूरपश्चिम प्रदेश समितिद्धारा अन्तरजातीय विवाह गरेका पत्रकार धनराज विक र जनकलाकार विष्ना विसी नमुना जोडीको रुपमा धनगढीमा सम्मानित भएका हुन्। मुक्तिमोर्चा सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलनका प्रमुख परशुराम रम्तेल र मोर्चाका केन्द्रीय संयोजक दलजीत श्रीपालीले दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए।

दलित मुक्तिमोर्चा सुदूरपश्चिम प्रदेश संयोजक बिनिता ओडले अन्तरजातीय विवाह गरि सामाजिक विद्रोह गरेका जोडीको सामाजिक योगदानको मूल्यांकन र कदर गर्दै सम्मानन गरिएको बताईन्। निरन्तर सामाजिक कार्यमा सक्रिय रहँदै आएका विक र बिसीको जोडीसहित ६ जोडीलाई सम्मान गरिएको छ।