डोटी- जिल्लाको पुविचौकी गाउँपालिमा तालाबन्दी गरिएको छ ।विभिन्न १४ बुद्धे माग राख्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमाले गाउँपालिका कमिटी र युवा संघ नेपालले संयुक्त रुपमा ताला लगाएको संघका अध्यक्ष राहुल बोहराले बताएका छन् ।
उनले भने गत १ वर्ष देखि नै गाउँपालिका प्रमुख प्रशाकीय अधिकृत र लेखापालविहीन हुनु ।कर्मचारीहरुले तलब सुविधा नपाएको साथै सामाजिक सुरक्षा भत्ता र काम सम्पन्न विभिन्न योजनाको भुक्तानी नहुनु ।
स्वाथ्य चौकीहरुमा आधारभुत औषधीहरु सिटामोल समेतको चरमा अभाव हुनु ।शिक्षक करार रोजगार सहायको विज्ञापन गरी लामो समय सम्म परिक्षा गर्न नसक्नु । कृषि अनुदानको नाममा चरम भ्रष्टाचार हुनु ।
गाउँपालिको कार्यपालिकाले गरेका निणर्य कार्यान्वयन नहुनु ।चरम भ्रष्टाचार,अस्तव्यस्त प्रशासनका कारण आज जनतालाई सेवा प्रवाहमा दुख दिने र नराम्रो पहिचान बनाएको हुदाँ हामी घोर भत्र्सना गदै तालाबन्दी गर्न बाध्य भएका छौ ।
उक्त मागहरु समयमा पुरा नभए चरणबद्ध आन्दोलनका कार्यक्रमहरु अगाडी बढाउने प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।उता गाउँपालिकाका अध्यक्ष राम प्रसाद्ध उपाध्याले ताला लगाएको कुरा आफुलाई जानकारी नभएको बताए ।