नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय कार्यक्रम अन्तर्गत सामना जनसङ्गीत अभियानको बृहत साँस्कृतिक कार्यक्रम साफेबगरमा सम्पन्न भएको हो।नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य विवेक सिले प्रमुख अथितिको आसनबाट बोल्दै दलाल पुजिवादी सत्ताबाट जनताले मुक्ती खोज्नुपर्ने बताउनु भएको छ। पटकपटक जनताले भोट दिएर मुठ्ठिभर दलालहरुका गाडी बदिए,उनिहरुका छोराछोरी पढ्ने क्याम्पसहरु फेरिए तर जनताको दैनिकी र जनजिवन नफेरिएपछि विकल्प खोज्नुपर्ने बताउनु भएका हुन। त्यस्तै अथितिको आसनबाट बोल्दै कवि तथा महिला नेतृ निभा शाहले महिलाहरुले लघुवित्तीय संस्थाबाट मुक्ति पाउनका लागि गाउँ गाउँबाट लघुवित्तिय संस्थाहरुका विरुद्ध बोल्नु पर्ने बताएकी हुन ।महिला दिदीबहिनीहरु नेपालि नागरिक भएर पनि अनागरिक सरह बाच्नु पर्ने बाध्यता रहेको बताएकी छन् ।त्यसैगरी अथितिको आसनबाट बोल्दै नेपाल कम्युनिस्ट पार्टीका पश्चिम अछाम जिल्ला सचीव निरक सिले लघुवित्तिय संस्थाले जनताहरुबाट एकहप्ताभित्र किस्ता तथा सावा असुल गर्ने निर्णय खारेज गर्नुपर्ने बाताउदै यदि त्यो निर्णयमा पुनर्विचार नगरे एकहप्ताभित्र अछाम छोड्नसमेत चुनौती दिएका छन् ।किस्ता तथा व्याज असुल गर्न आठ नौ जना मानिसहरु घरमा जादाभित्र महिला दिदिबहिनीहरु आत्माहत्या गरेको लास भेटिने अवस्था रहेको भन्दै देश अहिले आर्थिक संकटमा रहेकोले कुनै पनि लघुवित्त तथा बैकहरुलाई किस्ता नलिन चेतावनी दिएका छन ।यदि जनतालाई मारमा पारि कुनै पनि बैंक तथा लघुवित्तले किस्ता तथा व्याज लिएमा नेपाल कम्युनिस्ट पार्टीले कार्वाही गर्ने बताएका छन् ।व्यापारी ,समाजसेवी,पत्रकार ,सुरक्षाकर्मिसमेत उपस्थिति रहेको कार्यक्रममा कलाकारहरुले विभिन्न प्रकारका नृत्यहरु तथा क्यारिकेचरसमेत प्रस्तुत गरेका थिए ।साथै साँफेबगरमा नेपाल कम्युनिस्ट पार्टी पश्चिम अछाम जिल्लाको पार्टी कार्यालयसमेत खोलिएको अखिल क्रान्तिकारीका जिल्ला इन्चार्ज दिपेन्द्र सिले जानकारी दिएका छन ।