विद्यार्थी भर्ना अभियानमा जनशिखा क्याम्पस मेल्लेखमा अनेरास्ववियुद्वारा असहज वतावरण सिर्जना


पैरवी खबर

साँफेबगर : स्ववियु निर्वाचनमा भर्ना लिने वातावरण सिर्जना गर्नको लागि सबै तहको विद्यार्थी भर्ना गर्नुपर्ने भन्दै मेल्लेख गाउँपालिका स्थित जनशिखा क्याम्पस लाई नेविसंघ , अखिल क्रान्तिकारी र अनेरास्ववियुले माग गरेको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तरगत चैत्र ५ गते हुने आशन्न स्ववियु निर्वाचनका लागि यही फागुन २८ गते साझ ४ बजे सम्म भर्ना अभियान खुला गरिएको थियो ।
त्यो दिन ३ वटा विद्यार्थी संगठन अखिल (क्रान्तिकारी), ने. वि. संघ र अनेरास्ववियूले समयलाई मध्यनजर गर्दै भर्ना अभियानका लागि लाईनमा बसेको समयमा अनेरास्ववियूका केहि व्यक्तिहरुले समय सकिएको र हामी ताला बन्द गर्छु भन्दै क्रोधपूर्ण तरिकाबाट धम्की दिई असहज वातावरण सिर्जना गरेका हुन ।

३ ओटै विद्यार्थी संगठनले आम विद्यार्थीको स्ववियु निर्वाचनमा भाग लिन पाउने नैसर्गिक अधिकार माथी हस्तक्षेप भएको गुनासो व्यक्त गरेका छन ।
जम्मा विद्यार्थी संख्याको ४५ प्रतिशत मात्र भर्ना भएकोले पुनः क्याम्पस प्रशासनलाई भर्ना गर्न अनुरोध गर्दै ३ ओटै संगठनले संयुक्त्त रुपमा प्रेस विज्ञपति निकालेका हुन ।