लैङ्गिक समानताकाे बलियाे आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचकाे विस्तार” भन्ने नाराका साथ साफेबगर नगरपालिका वडा नम्बर ०९ बुढाकोटमा ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाईएकाे छ ।
दिवसकाे अवसरमा महिलाहरुवीच डेउडा गीत प्रस्तुत गरिएको छ । देउडा गीत प्रदर्शनका लागि वडाका सबै टोलबाट सहभागिता रहेको थियो ।
घरेलु हिंसा, बाल बिवाह, मदिरा सेवन लगायतका कारणले हिंसा बढिरहेको हुँदा हरेक घरबाट हिंसा अन्त्य गर्दै हिंसामुक्त समाजकाे निर्माण गर्नुपर्ने भन्दै महिलाहरुले देउडा गीत मार्फत भाव प्रस्तुत गरेका थिए ।
वडा अध्यक्ष दिपक कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय अनुशासन आयोग सदस्य गोविन्द बहादुर कुँवर (हर्क )प्रमुख अतिथि रहनु भएको थियो । पूर्व वडा अध्यक्ष धुर्ब थापा , नेपाली काङ्ग्रेस प्रतिनिधि सुरथ बहादुर कुँवर, नेकपा एमालेका सर्जन परियार र एकीकृत समाजवादीबाट मोहन कुँवर अतिथि रहनुभएको थियो ।
पुर्व वडा सदस्य नर बहादुर कुँवर , शिक्षक प्रतिनिधि शंकर बहादुर कुँवर , अर्जुन कुँवर, तगत कुँवर ,अमर थापा लगायत वडाका अन्य सरोकारवालाहरुको समेत भब्य सहभागिता रहेको थियो ।
वडा सदस्य लाल बहादुर कुँवरले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन रामप्यारी कुँवरले गर्नु भएको वडाध्यक्ष दिपक कुँवरले जानकारी दिनुभयो ।