बाल क्लबका बालबालिकाहरुलाई २ दिने क्षमता अभिवृद्धि तालिम बाब्लामा सम्पन्न


पैरवी खबर

२५ फागुन २०७९
साँफेबगर : बाल क्लबका बालबालिकाहरुलाई २ दिने क्षमता अभिवृद्धि तालिम साँफेबगर नगरपालिका -१३ बाब्लामा सम्पन्न भएको छ ।

सामाजिक रुपान्तरणका लागि महिला सशक्तीकरण परियोजना द्वारा बाब्ला बाल क्लब र राष्ट्रिय मा. वि. बाल क्लबलाई तालिम दिइएको हो ।

तालिममा सहभागी क्लबहरुलाई बैठक रजिस्टर २ थान, रिङ्ग फाइल २ थान , कलम २ थान , पन्चिङ २ थान , स्टेप्लायजर २ थान, फोटोकपी पेपर २ थान , स्टील रुलर २ थान, फुटबल २ थान लगायत अन्य सामाग्री गरि जम्मा १०/१० थान वितरण गरिएको छ ।
उक्त सामाग्री वडाका पशु प्राविधिक चन्द्र कुँवरले वितरण गर्नुभएको हो ।

२ दिने क्षमता अभिवृद्धि तालिममा वाक नेपालका पुर्व अध्यक्ष एव कार्यकारी समिति सदस्य मीन बहादुर कुँवरले प्रशिक्षण दिनुभएको थियो ।

तालिमको सहजीकरण वेस्ट परियोजनाका लेखा सहायक पुजा साउँदले गर्नुभएको थियो भने संचालन पार्वति पुन मगरले गर्नुभएको थियो ।