ढकारीमा मिशन ग्रासरुट कार्यक्रम सम्पन्न


पैरवी खबर

कृष्ण बहादुर बुढा
फागुन २४, ढकारी, अछाम

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व उद्याेग मन्त्री कर्ण बहादुर थापाले एमालेले जनताकाे जिविका, देशकाे समृद्धि र विकासकाे एजेन्डालाई आत्मसाथ गरिरहेकाे बताउनु भएको छ ।

नेकपा एमाले ढकारी गाउॅंपालिका कमिटीको आयोजनामा मिशन ग्रासरूट प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बाेल्दै नेता थापाले एमालेले सरकारमा हुँदा र नहुँदा पनि देशकाे विकास, राष्ट्रियताकाे रक्षा र जनतालाई अनुभूति हुने गरि काम गरेकाे दाबी गर्नुभयो ।

नेकपा एमाले पालिका कमिटी अध्यक्ष अमर सिंह बुढा को अध्यक्षतामा शुरू भएको मिसन ग्रासरूट प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व उधोग मन्त्री थापाले देशमा विकासकाे लहर ल्याउने, रेक पालिकामा अस्पताल बनाउने, पालिका जाेड्ने सडक कालाेपत्रेे गर्ने, जेष्ठ नागरिक लगायतलाई सामाजिक सुरक्षाकाे दायरामा ल्याउने काम एमालेले ल्याएकाे बताउनुभयो ।
कार्यक्रमका बिशिष्ठ अतिथि एमाले केन्द्रीय सदस्य आशा कुमारी बि.क. ले हाल देशमा राजनीतिक अस्थिरताकाे खेल चलेकाे भन्दै अब एमाले आफ्नै बलबुतामा जनताको साथमा अघि बढ्दै बहुमत सहित देश चलाउने संकल्प गरिरहेकाे बताउनु भयाे ।

मिसन ग्रासरूट प्रशिक्षण कार्यक्रममा नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य कमल प्रसाद तिमिल्सैना, जिल्ला कमिटी, अछामका अध्यक्ष चन्द्र बहादुर बोहरा, प्रदेश कमिटी सदस्य शिव प्रसाद उपाध्यय, जिल्ला कमिटी उपाध्यक्ष बल बहादुर कुँवर, जि.क. सचिव भीम बहादुर रावल, नेकपा एमाले अछामका सचिवालय सदस्य तथा ढकारी गाउॅं कमिटी इन्चार्ज टोप बहादुर शाही, प्रेस चौतारीका अनुशासन आयोगका केन्द्रीय सदस्य कृष्ण बहादुर बुढा, गाउॅं कमिटी सदस्य तथा जनबर्गिय संगठनका सदस्य, नेकपा एमालेका संगठित सदस्य लगायत कार्यकर्ताहरूले मन्तब्य राख्नुभएको थियाे ।

नेकपा एमाले ढकारी गाउॅं कमिटीका उपाध्यक्ष भवानी प्रसाद उपाध्यय को स्वागत मन्तब्यबाट शुरू भएको मिसन ग्रासरूट प्रशिक्षण कार्यक्रममा गाउॅं कमिटी सचिव नहकुल साउदले सन्चालन गर्नुभएको थियाे ।