लैङ्गिक समानताकाे बलियाे आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचकाे विस्तार” भन्ने नाराका साथ मंगलसेन नगरपालिका वडा नम्बर ६ तेसिंगेमा ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाईएकाे छ ।
दिवसकाे अवसरमा महिलाहरुवीच डेउडा गीत प्रस्तुत गरिएको छ ।
जल्पा महिला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हरिकला भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष देबेन्द्र प्रसाद भण्डारी प्रमुख अतिथि रहनु भएको थियाे ।
प्रमुख अतिथि भण्डारीले पछिल्लो समय महिला हिंसाका रुप परिवर्तन हुँदै गैरहेकाे भन्दै हिंसाकाे प्रतिवाद गर्न महिलाहरुलाई आग्रह गर्नुभयाे ।
घरेलु हिंसा, बाल बिवाह, मदिरा सेवन लगायतका कारणले हिंसा बढिरहेको भन्दै हरेक घरबाट हिंसा अन्त्य गर्दै हिंसामुक्त समाजकाे निर्माण गर्नुपर्ने उहाँको भनाइ छ । वडा सदस्य दुर्गाप्रसाद भण्डारीले महिला शशक्तिकरणकाे लागि वडा कार्यालय तयार रहने बताउनुभयो ।
कार्यक्रममा वडा सदस्य जन्मराज भण्डारी, सरिता भण्डारी, जैसरा नेपाली, एमाले जिल्ला कमिटी सदस्य पुष्पराज भण्डारी, गंगा माविका प्रअ माेतिराम भण्डारी, जिल्ला सहकारी संघका अध्यक्ष चन्द्रप्रसाद भण्डारी, वडा सचिव ताराप्रसाद भण्डारी लगायतले शुभकामना दिनुभएको थियाे ।
वडाका ६ वटै टाेलबाट महिलाहरुले हिंसा बिरुद्धका डेउडागीत प्रस्तुत गरेकन थिए । सबै महिला समुहलाई पुरस्कार प्रदान गरिएको छ ।
ठुलासेन आधारभुत स्वास्थ्य केन्द्रका ईन्चार्ज मीना भण्डारीले स्वागत गर्नुभएको कार्यक्रमकाे संचालन महिला सहकारीका जयन्ती भण्डारीले गर्नुभएको थियाे ।