मिसन ग्रासरूट अभियान अन्तर्गत साँफेबगर नगर स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न


पैरवी खबर

नेकपा एमाले साँफेबगर नगर कमिटीेद्वारा देशभरि संचालन गरिएको मिसन ग्रासरूट अभियान अन्तर्गत साँफेबगर नगर स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

साँफेबगर नगर कमिटी अध्यक्ष ढकेन्द्र कुँवरको अध्यक्षतामा भएको (मिसन ग्रास रूट ) अभिमुखिकरण कार्यक्रममा बोल्दै : प्रमुख अतिथि नेकपा एमाले पूर्व केन्द्रिय उपाध्यक्ष ,पूर्व गृह तथा रक्षामन्त्री डा .भिम रावलले कम्युनिस्टहरुले आफ्ना आनिबानी सुधार गर्नुपर्ने , पार्टी वैदेशिक हस्तक्षेपको विरुद्धमा बोल्नुपर्ने र राष्ट्रिय एकता र स्वाधीनताकालागि आवाज उठाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयन केन्द्रिय विभाग सदस्य रमेश कुँवर , नेकपा एमाले प्रदेश कमिटी सदस्य सुरत भुल , जिल्ला कमिटी उप सचिव प्रेम महर , संगठन विभाग प्रमुख प्रकाश शाह , जिल्ला कमिटी सचिवालय सदस्य बालगिरी कुँवर , केशर मिया , जिल्ला कमिटी सदस्य सागर सिंह बाब्ली , अमर विक , सुशीला बोगटी , पूर्व जिल्ला कमिटी सदस्य भरत बहादुर अयडी , युवा संघ केन्द्रिय सदस्य अनिता खड्का , साँफेबगर -४ का वडा कमिटी अध्यक्ष राजेन्द्र कोली , चौरपाटी- ५ का वडा कमिटी अध्यक्ष विक्रम सुनार अतिथि रहनुभएको थियो ।

पार्टीका विभिन्न भातृ संगठन , अगुवा कार्यकर्ताहरुको समेत सहभागिता रहेको थियो ।

नगर कमिटी उपसचिव एदिन मियाले स्वागत मन्तव्य राख्नुभएको अभिमुखीकरण कार्यक्रमको संचालन कार्यालय सचिव गणेश बहादुर कुँवरले गर्नुभएको थियो ।