नेकपा एमाले साँफेबगर नगर कमिटीेद्वारा देशभरि सन्चालन गरिएको मिसन ग्रासरूट अभियान अन्तर्गत नगर स्तरीय अभिमुखिकरण कार्यक्रम शुक्रबार साँफेबगरमा सम्पन्न भएको छ ।
मिसन ग्रास रूट (पार्टी सुदृढीकरण तथा विस्तार) अभियान अभिमुखिकरण कार्यक्रममा मन्तब्य राख्दै प्रमुख अतिथि नेकपा एमाले पोलिटब्यूरो सदस्य गौरी वलीले पार्टीलाई जन स्तरसम्म पुर्याउन बलियो गरि पार्टी संगठन स्थापित गर्न र भोलि श्रेष्ठता हासिल गर्नको निम्ति यो अभियान सुरू गरिएको बताउनु भयो । पार्टीमा व्यक्तिवादी चिन्तन र विसङ्गति मौलाएकाले निर्वाचनमा पार्टीले सोचे अनुरूप नतिजा हासिल गर्न नसकेको समेत उहाँले बताउनु भयो ।
विशिष्ट अतिथि नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष कमल तिमिल्सेनाले अभियान सफल बनाउन केन्द्र प्रदेश र जिल्ला तहका नेताहरू समेत ग्रासरूटमा आएको बताउँदै यो अभियानले नेता कार्यकर्ताको सम्बन्ध प्रगाढ बनाउँदै पार्टी संगठन बलियो बनाउने बताउनु भयो । नगर इन्चार्ज रमेश बहादुर कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य देव बहादुर कुँवर, डिबी साँउद, प्रदेश कमिटी सदस्य मिन बहादुर कुँवर, चक्र रावल, निर्मला रावल हंस बहादुर बिष्ट, जिल्ला अध्यक्ष चन्द्र बोहरा जिल्ला कमिटी सचिवालय सदस्य राम बहादुर आउजी, डबल ठकुल्ला जिल्ला कमिटी सदस्य रतन रावल, टिकेन्द्र भण्डारी, भिम खड्का, रविन्द्र शाह, बुद्विराम साउँद, रुप बहादुर कुँवर, पालिका कमिटीका सदस्यहरू लगायत वडा कमिटीका सदस्यहरू, टोल कमिटीका पदाधिकारी, वडा स्तरका जनसंगठनका पदाधिकारीहरूको समेत सहभागिता रहेको थियो । कार्यक्रममा प्रदेश, जिल्ला र नगर कमिटीका परिपत्रहरू वाचन गरिएको थियो । कार्यक्रमको कार्ययोजना बिषयमा प्रमुख अथिती वलीलेले प्रकाश पार्नु भएको थियो भने वडा स्तरको कार्य योजना विशिष्ठ अथिती कमल तिमिल्सेनाले प्रस्तुत गर्नु भएको थियो । कार्याक्रमको उद्देश्य पालिका स्तरिय प्रशिक्षण भेला तथा अन्र्तकृया कार्यक्रम, संघ–संस्था नागरिक समाज सदस्य बिच अन्र्तकृया एवं अभिनन्दन, पार्टी र जन प्रतिनिधि माँझ अन्र्तकृया एवं टोल टोलमा पुगेर जनसंगठन निर्माण, पार्टी सदस्यता बितरण, सुझाव संकलन, योजना निर्माण जस्ता कार्यहरू गरिने बताईएको छ । नगरले वडा टोल स्तरको योजना निर्माण सहित अभियान संचालनको महत्त्वपूर्ण योजना तय गरेको छ । कार्यक्रमको सन्चालन जिल्ला किमिटी सदस्य पुष्पराज भट्टले गर्नुभएको थियो भने स्वागत मन्तव्य जिल्ला कमिटी सदस्य हिरिण्ड कुँवरले राख्नुभएको थियो ।