एकेन्द्र महता
साँफेबगर ।
वाक नेपालद्धारा संचालित सामाजिक विकासका लागि महिला सशक्तिकरण कार्यक्रमको समन्वयात्मक बैठक साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोटमा सम्पन्न भएको छ। वडामा रहेका पिछडिएका तथा पछि परेका महिला तथा बालबालिकाको सामाजिक, आर्थिक क्षमता बृद्धि विकास गर्ने उद्धेश्यले सामाजिक विकासका लागि महिला सशक्तिकरण कार्यक्रम संचालनमा रहेको छ।
बिहीबार साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोटका वडा अध्यक्ष ललित बोगटीको अध्यक्षतामा भएको समन्वयात्मक बैठक मार्फत परियोजनाको विस्तृत जानकारी, अहिलेसम्म भए गरेका क्रियाकलापहरुको समिक्षा तथा टोलमा गठित आत्मानिर्भर कृषक समूह दर्ता प्रक्रिया अघि बढाउने लगाएतका निर्णयहरु गरिएका छन्।
बैठकमा बोल्दै वडा अध्यक्ष बोगटीले कार्यक्रमको उद्धेश्य राम्रो रहेकाले आफूहरु वडाबाट गर्न सकिने सहयोग गर्न तयार रहेको बताउनु भएको छ। उहाँले सबै टोलमा गठन भएका आत्मनिर्भर समुहलाई प्रभावकारी बनाउन आवस्यक रहेकाले सबैको सहयोग महत्वपूर्ण हुने बताउनु भयो।
जनप्रतिनिधि र आत्मानिर्भर समूह बिच भएको बैठकमा पूर्व वडा अध्यक्ष लाल बहादुर खड्का, वडा सदस्य भुपेन्द्र बहादुर महता, मथुरा बि.क., पत्रकार एकेन्द्र महता, समाजसेवी सुरेश स्वार, सामाजिक सहजकर्ता राजेन्द्र बि.क., वाक नेपालद्धारा संचालित सामाजिक विकासका लागि महिला सशक्तिकरण परियोजनाका अधिकृत सत्य स्वार, विभिन्न टोलमा गठित आत्मानिर्भर समुहका पदाधिकारीहरुको सहभागिता रहेको थियो।
बैठकको संचालन वाक नेपालद्धारा संचालित सामाजिक विकासका लागि महिला सशक्तिकरण परियोजनाका सहजकर्ता अप्सरा बुढा महताले गर्नु भएको थियो।