नेकपा एमाले कंचनपुरको दुई महिने ‘मिसन ग्रासरुट’ अभियान सुरु


पैरवी खबर

पुनर्वास , कंचनपुर

नेकपा एमालेले दुई महिने ‘मिसन ग्रासरुट’ अभियान सुरु गरेको छ । कंचनपुरको पुनर्वास नगरपालिकामा चरणबद्ध रुपमा तिव्रताका साथ अघि बढेको उक्त कार्यक्रमले पार्टी सुदृढीकरण र संगठन बिस्तार , प्रशिक्षण ,सदस्यता वितरण तथा नवीकरण जस्ता अभियान कार्यक्रम मार्फत सम्पन्न गर्नेछ ।
:- पहिले चरणमा उद्योग वाणिज्यको सभा हलमा नगर कमिटी सचिवालयको बैठक सप्पन्न भएको छ
:- दोस्रो चरणमा सहिद स्मृति भवनमा नगर कमिटीको विस्तारित बैठक सप्पन्न भएको छ ।
:- तेस्रो चरणमा विभिन्न वडाहरुमा विस्तारित बैठक तथा अभिमुखिकरण कार्यक्रम का साथै नगर स्तरीय मिसन ग्रासरुटको सचिवालयको कार्यलय समेत उद्घाटन गरिएको छ ।
कार्यक्रमलाई संबोधन गर्दै पुर्व प्रतिनिधि सभा सदस्य तथा नेकपा (एमाले)का केन्द्रीय कमिटी सदस्य एवम् कार्यक्रमका केन्द्रिय प्रतिनिधि झपट बहादुर रावलले मुलुकलाई राजनैतिक, आर्थिक र संबैधानिक रुपमा सक्षम बनाउन नेकपा एमाले ठुलो समक्ष जिम्मेवारी थपिएको बताउदै कार्यकर्तालाई प्रशिक्षण दिनुभएको छ । अन्तर्राष्ट्रिय परिवेश र राष्ट्रिय राजनीतीलाइ सहि बाटो दिन मुलुकमा आर्थिक समृद्धि र सुशासन ल्याउन एमाले लागि परेको बताउनु भएको छ । पार्टीको सुदृढिकरणका साथै स्थानीय तह सम्मका अगुवा नेता कार्यकर्ता र जनता सम्म पार्टीका धारणा एवम् विचार पुर्याउन २ महिने पार्टी सुदृढीकरण तथा सदस्यता बिस्तार अभियान ” मिसन ग्रासरुट ” सुरु गरिएको नेता रावलले बताउनु भयो । नेकपा एमाले पार्टी जनसरोकारका लागी अपरिहार्य रहेको जिकिर गर्दै, आफू माननीय रहदा जनताका मुद्धा राष्ट्रिय स्वाभिनताका सवाल र रक्षाका लागि सदनमा बोलेको र केही जनहित कार्य गर्न सफल रहेको पनि बताउनु भएको छ । नेपाली जनताको हितका साथै राज्यको भूमिका समाजवाद तर्फ उल्मुख गराउने सन्दर्भमा केन्द्रित रहनुपर्ने बताउदै , यसको निकासका लागि मुलुकमा एमालेको नेतृत्व आवस्यक रहेको बताउनुभयो । अहिले सांगठानिक अराजकता र अवसरवादि प्रवृति देखा परेकाले त्यसको अन्त्यको लागि यो अभियान स्थानीयतह सम्म संचालन गरि पार्टी सुदृढीकरण गर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य एवम् प्रदेश सभा सदस्य माननीय वीर बहादुर थापाले पार्टी पंत्तीलाई बैचारिक र सैद्धान्तिक रुपमा सक्षम बनाउन अभियान सार्थक हुने र सबै नेता तथा कार्यकर्ताको सक्रियतामा अभियान सफल हुने बताउनुभयो ।

यसैगरी नेकपा एमाले नेता आर पि सार्कीले यो अभियानले कार्यकर्ताहरुलाई बैचारिक र सांगठानिकरुपमा सक्षम बनाउनुका साथै ग्रासरुटमा संगठन निर्माणमा सहयोग पुग्नुका साथै अराजकताबादलाई जरैदेखि उन्मुलन गर्न र बैचारिक ढंगबाट कार्यकर्ता सुसुचित गराउन यो अभियान ल्याइएको बताउनुभयो ।