तपेन्द्र कुँवर
मेल्लेख गाउँपालिका वडा नं. ६ शोडषा बस्ने १७ वर्षीया अनिशा टमट्टा वालवालिकाको हक अधिकारको लागि गाउँपालिकाले बनाएका नीति, कार्यक्रम र वजेटको वारेमा सोधिखोजि गर्न थाल्नुभएको छ । गाउँपालिका स्तरीय वाल सञ्जालका अध्यक्ष समेत रहेका टमट्टाले संगठित हुँदै वालवालिकाको क्षेत्रमा छुट्याएको वजेटका वारेमा गाउँपालिकाका अध्यक्षसँग सिधा प्रश्न गर्नु भएको छ । आस्था नेपालको आयोजनामा गाउँपालिकामा भएको वाल सञ्जाल र जनप्रतिनिधिविच अन्तर सम्वाद कार्यक्रममा निर्धक्क भएर वालवालिकाका सवालका वारेमा प्रश्न गर्नुभएको छ ।
वालवालिकाको अधिकारका क्षेत्रमा आयोजित कार्यक्रमले वोल्न सक्ने क्षमता बनाएका टमट्टा अहिले खुलेर आफ्ना मागका वारेमा जनप्रतिनिधिसँग प्रश्न राख्न थाल्नुभएको छ । ‘पहिले वालवालिकाको क्षेत्रमा हुने कार्यक्रममा वारेमा जानकारी थिएन् । टमट्टाले भन्नुभयो–‘सरकारी तथा गैरसरकारी संस्थाले वालवालिकाका क्षेत्रमा सचेतिकरणका कार्यक्रमले आवाज उठाउन सक्षम भएकी छु । उहाँले स्थानीय सरकारले वालवालिकाका आवश्यकताका आधारमा नीति तथा कार्यक्रम र वजेट निर्माण गर्नु पर्नेमा सुझाव दिनुभएको छ ।
टमट्टा जस्तै मेल्लेख गाउँपालिका वडा नं.१ ऋषिदहमा बस्ने १६ वर्षिय बिनोद वुढा पनि वालवालिकाले भोग्दै आएका समस्याका वारेमा खुलेर जनप्रतिनिधिसँग प्रश्न राख्न सक्षम भएका छन् । उहाँले वडा नं.२ ऋषिदह स्थित चण्डिका माविले विद्यार्थीको लागि खेलकुदको लागि आवश्यक सामग्री उपलब्ध गराउन नसकेको गुनासो पोख्नुभयो । ‘चण्डिका माविले खेलकुदका लागि आवश्यक खेलमैदान, भलिवल, नेटको व्यवस्था गरेको छैन ।’ उहाँले भन्नुभयो–‘काठको पोलको व्यवस्था छ महिना चल्दैन ।’ अनि खेलकुदको विकास कसरी हुन्छ उहाँले जनप्रतिनिधिलाई प्रश्न गर्नुभएको छ । वालवालिकाका अधिकारका कुरा मात्रै गरेर पुग्दैन कार्यान्वन गर्न माग गर्नुभएको छ ।
वडा नं. ५ बस्ने १६ वर्षिया सुशिला विकले बढ्दै गएको वालविवाह न्यूनिकरण , मदिराका कारण वालवाललिकामा परेको असरका वारेमा जनप्रतिनिधिसँग जिज्ञासा राख्नु भएको छ । उहाँले गाउँघरमै अवैध रुपमा विक्रि वितरण हुँदै आएको मदिरामा बन्द गर्नको लागि माग गर्नुभयो । ‘यस्तै विद्यालयमा शौचालय छ, पानी आउँदैन, सेनेटरी प्याडको व्यवस्था, चेन्जिङ्ग रुमको व्यवस्था छैन ।’ उहाँले भन्नुभयो–‘ठुला–ठुला भवन निर्माण गरेर मात्रै वालावालिकालाई पुग्दैन ।’ वालवालिकाका आधारभूत आवश्यकता पुरा गर्नको लागि स्थानीय सरकार जिम्मेवार बन्नुपर्छ ।
मेल्लेख गाउँपालिका वडा नं.५ बस्ने १६ वर्षिय देवेन्द्र साउदले पछिल्लो समयमा वालवालिका दुव्र्यसनीमा फस्दै गएको बताउँदै यसको लागि अभिभावक देखि जनप्रतिनिधिले चनाखो बन्नु पर्ने बताउनुभयो । विद्यालय नजिकै सुर्तीजन्य पदार्थ र मदिराका पसल सञ्चालनले वालवालिकामा असर पर्दै गएको बताउनुभयो । त्यसको निगरानीको लागि प्रहरी र जनप्रतिनिधिको ध्यानाकर्षण गराउनुभएको छ ।
अन्तरसम्वाद कार्यक्रममा सहभागि मेल्लेख प्रहरी चौकीका डम्मरदेव भट्टले वालविवाह न्यूनीकरणको लागि वेलावेलामा चेतनामुलक कार्यक्रम हुँदै आएको बताउनुभयो । उहाँले अवैध मदिरा नियन्त्रण गरेर प्रहरीले नष्ट गर्दै आएको जानकारी दिनुभएको छ । वालविवाह भएमा गोप्य तवरबाट उजुरी दिएमा कार्वाही गर्न तयार रहेको समेत जानकारी दिनुभएको छ ।
करिव दुई घण्टासम्म वालवालिकाका सवाल सुन्नु भएका मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वाला सिंह साउदले वालवालिकाले उठाएका प्रश्न गम्भिर रहेको धारणा व्यक्त गर्नुभयो । वालवालिकाको हक अधिकारको संरक्षणदेखि नीति तथा कार्यक्रम र वजेट निर्माण गर्दा वालवालिकाको प्रत्यक्ष सहभागिता गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रम र वजेट निर्माण गर्दा वडा सभादेखि गाउँ सभामा वालवालिकाको सहभागिता गराउने व्यवस्था मिलाईने जानकारी दिनुभएको छ । ‘सम्पूर्ण बालबालिकाहरुलाई भविष्यमा एउटा असल र सिर्जनशील व्यक्तिका रुपमा समाजमा स्थापित गर्नुपर्छ।’ उहाँले भन्नुभयो–‘ त्यसको लागि वालवालिकाको अर्थपूर्ण सहभागिता गराएर गाउँपालिकाले अपनत्व लिनेछ।’
विभिन्न किसिमका दुव्र्यवहार, शारीरिक तथा मानसिक रुपमा अशक्त, असहाय, अनाथ, अपाङ्गता, द्वन्द्वपीडित, विस्थापित एवं जोखिममा रहेका बालबालिकाको अधिकारको लागि कार्यक्रम अघि बढाउने अध्यक्ष साउदको भनाई रहेको छ । यस्तै उहाँले भौतिक संरचना निर्माण गरेर मात्र नपुग्ने बताउँदै वालवालिकाका आधारभूत आवश्यक पुरा गर्नको लागि गाउँपालिका प्रतिवद्ध रहेको जानकारी दिनुभएको छ । उहाँले खानेपानी, शौचालयको उचित व्यवस्था, छात्राको लागि सेनेटरी प्याडको व्यवस्था, चेन्जिङ्ग रुमको चाँडै व्यवस्था गरिने अवगत गराउनुभएको छ । उहाँले विद्यालयमा वालवालिकाले भोग्दै आएका समस्याका वारेमा चाँडै अनुगमन गरिने पनि जानकारी दिनुभएको छ । केही विद्यालय विभिन्न वाहाना विद्यार्थीबाट शुल्क लिर्दै आएको गुनासो आएको बताउँदै तत्काल रोक्न सम्पूर्ण विद्यालयलाई आग्रह गर्नु भएको छ ।
अन्र्तसम्वाद कार्यक्रममा मेल्लेख गाउँपालिकाका जनप्रतिनिधि, निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्क धामी, विषयगत शाखाका प्रमुख, आस्था नेपालका वाल संरक्षण अधिकृत भ्वानसिंह सार्की लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण पत्रकार तपेन्द्र कुँवर र एकेन्द्र महताले गर्नुभएको थियो ।