अखिल क्रान्तिकारी अछामको स्ववियु विशेष प्रशिक्षण तथा सङ्गठन विस्तार कार्यक्रम सम्पन्न ।


पैरवी खबर

अनेरास्ववियु क्रान्तिकारी अछामको क्याम्पस स्तरीय स्ववियु विशेष प्रशिक्षण तथा सङ्गठन विस्तार कार्यक्रम अछाम बहुमुखी क्याम्पसमा  सम्पन्न भएको छ ।

विद्यार्थी लक्ष्मण साउँदको अध्यक्षतामा भएको कार्यक्रममा अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय लेखा आयोग सचीव गम्भीर साउँद प्रमुख अतिथि रहनु भएको थियो ।

प्रमुख अतिथि  साउँदले चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई केन्द्रित गरि प्रशिक्षित गर्दै , साउँदले  विद्यार्थीको हक , हितका लागि अग्र मोर्चामा बोल्ने सङ्गठन अखिल क्रान्तिकारी रहेको  बताउदै , युवा विद्यार्थी जहिले पनि परिवर्तन को पक्ष रहने भएकोले विद्यार्थीहरु अखिल क्रान्तिकारी सङ्ग जोडिनु पर्ने बताउनु भयो ।

कार्यक्रमका विशिस्ट अतिथि सङ्गठनका केन्द्रीय सदस्य तथा अछाम जिल्ला इन्चार्जत धुर्व रावल , जिल्ला अध्यक्ष लाल बहादुर साउँद ,जिल्ला उपाध्यक्ष कमल थापा , पंकज साउद र जिल्ला सह-सचीव जगत शर्मा लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा चैत ५ मा हुन गैइहेको स्ववियु निर्वाचन लाई मध्यनजर गर्दै स्ववियु विशेष प्रशिक्षण सहित कार्यक्रमबाट प्रतिभा भाट को नेतृत्वमा १७ सदस्यीय क्याम्पस  इकाइ कमिटी गठन गरिएको छ ।