साँफेबगर महोत्सवमा आउने कलाकारको टुंगो लाग्यो 


पैरवी खबर

२६ माघ अछाम
साँफेबगर महोत्सव मुल आयोजक समितिको वैठक वुधवार सम्पन्न भएको छ । साँफेबगर महोत्सव मुल आयोजक समितिका संयोजक खेमराज कुँवरको अध्यक्षतमा वैठक सम्पन्न भएको हो । प्राविधिक कारण तीन दिनको लागि स्थगित भएको महोत्सव भोलीबाट सुचारु हुने महोत्सव मुल आयोजक समितिका प्रवक्ता लालबहादुर कुँवरले जानकारी दिनुभएको छ । महोत्सवलाई सफल पार्नको लागि भएको प्रगतिको वारेमा सम्पूर्ण उपसमितिका संयोजकले जानकारी दिएका थिए  ।
   महोत्सवमा आउने राष्ट्रि र स्थानीय कलाकारको पनि टुंगो लागेको छ । माघ २७ गतेदेखि फागुन ५ गतेसम्म महोत्सव सञ्चालन हुनेछ । उद्घाटनको दिन भोली सुजना खत्री, टेक वोगटी, अछामी रेखा थापा, हेमराज अधिकारी, २८ गते टंक तिमिल्सैना, रचना रिमाल, आशिष महर, झर्ना वोहरा, माघ २९ गते रामजी खाँड, सुप्रिम मल्ल पुजा देवकोटा आउने कलाकार उपसमितिका संयोजक हेमराज कुँवरले जानकारी दिनुभयो  । 
यस्तै  फागुन १ गते एलिना चौहान, नारायणी खत्री, फागुन २ गते चिज गुरुङ, गौरी भट्ट, सम्झना लामिछाने, फागुन ३ गते  लालबहादुर धामी, अस्मिता डल्लाकोट, धर्मन्द्र सुनार, फागुन ४ गते पुष्कल शर्मा, माधवी धर्ति  र फागुन ५ गते चक्र वम र माधवी धर्तिको प्रस्तुती रहने कलाकार उपसमितिका संयोजक कुँवरले जानकारी दिनुभयो । अन्य केही कलाकार आउने टुगो लागेपनि आउने मितिको टुगो लाग्न वाँकी रहेको छ । वैठकमा सहसंयोजक रामबहादुर कुँवर, महासचिव हिक्मत कुँवर लगायतको सहभागिता रहेको थियो ।