अनेरास्ववियु क्रान्तिकारी अछामले मेल्लेख गाउँपालिकामा रहेको जनशिखा क्याम्पस मेल्लेख अछामको तेस्रो सम्मेलन बाट २१ सदस्यीय समिति गठन गरेको छ ।
खेमराज साउँदको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको हो ।
जसमा : उपाध्यक्ष कविता साउँद , जानकी साउँद ,सचिव कविता साउँद, सह सचिव जमुना बुढा,कोषाध्यक्ष अम्बिका साउँद रहेका छन ।
जनक रोकायाको अध्यक्षतामा भएको कार्यक्रममा अखिल (क्रान्तिकारी ) केन्द्रिय लेखा सचिव गम्भीर साउँद प्रमुख अतिथि रहनुभएको थियो ।
प्रमुख अतिथिको आसन बाट बोल्दै : उहाँले स्ववियु केन्द्रित मात्र नभएर रचनात्मक कामको थालनी गर्नुपर्ने वर्तमान राजनितिलाई लक्षित गर्दै , राजनीति फोहोरी खेल नभइ समाज सेवा र सामाजिक विकासको मेरुदण्डको रुपमा रहेको बताउनु भयो।
केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज धुर्ब रावल र जिल्ला सदस्य भब्य नेपाली ,मनोज भुल रबिन्द्र रोकायको उपस्थित थियो ।