साँफेबगर ।
अछामको होरी ग्रन्थको लोकार्पण गरिएको छ। काठमाण्डौँ स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा एक कार्यक्रमको आयोजना गरि अछामको होरी ग्रन्थको लोकार्पण गरिएको हो। विमोचित कार्यक्रम अछाम सेवा समितिका सचिव राम बहादुर कुँवरको अध्यक्षतामा भएको थियो। अछामको होरी ग्रन्थको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि संस्कृतिविद् तुलसी दिवस, विशिष्ट अतिथि डा. तुलसी भट्टराई, पूर्व सुदुरपश्चिम पृतनापति झंकर बहादुर कडायत, प्रा.डा. जीवेन्द्रदेव गिरी, गजलकार ललिजन रावल, पद्मकन्या कलेजका उपप्राध्यापक दिव्यश्वरी जोशी, निर्मला जोशी, त्रिचन्द्र कलेजका उपप्राध्यापक धर्म रावल, मच्छिन्द्र बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रमोद पाठक, नब्स स्कुल चावहिलका प्राचार्य पूर्ण रावलले अछामको होरी ग्रन्थको लोकार्पण गर्दै अछामको होरी ग्रन्थले नेपाली लोक साहित्यमा यो अत्यन्तै गहकिलो र बृहद कार्य भएको विश्लेषण गर्नु भएको थियो। नेपाली लोक साहित्यको संकलन, वर्गीकरण र अध्ययन जस्तो जटिल कार्य गर्दा बाधा व्यवधान र जटिलता आए पनि त्यसको प्रतिफल मीठो हुन्छ भन्ने अभिव्यक्ति विज्ञहरुले राख्नु भएको थियो। अछामको होरी ग्रन्थको लोकार्पण कार्यक्रमको संचालन साहित्यकार भरत रोदन साउँदले गर्नु भएको थियो।