माओवादी केन्द्र मेल्लेखको छैटौं बैठक सम्पन्न


पैरवी खबर

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र )मेल्लेख गाउँपालिका कमिटीको छैटौं बैठक कुस्कोट ४ मा सम्पन्न भएको छ ।

कमिटी अध्यक्ष ज्वालासिंह साउदको अध्यक्षतामा भएको बैठकमा आगामी फाल्गुन १५ गते भित्र पार्टी सदस्यता नवीकरण गर्ने र फाल्गुन १ गते जनयुद्ध दिवस मनाउने निर्णय गरिएको छ ।

बैठकमा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य तथा पालिका इन्चार्ज क.भिम बुढा (सुवास) प्रमुख अतिथि रहनुभएको थियो ।

प्रदेश कमिटी सदस्य टका बिक ,अखिल (क्रान्तिकारी )केन्द्रिय कमिटी सचिव गम्भीर साउँदको पनि उपस्थिती रहेको थियो ।

बैठकको संचालन नारायण प्रसाद उपाध्यायले गर्नु भएको थियो ।