साँफेबगर महोत्सव प्रचार–प्रसार उपसमितिको बैठक सम्पन्न


पैरवी खबर

एकेन्द्र महता
साँफेबगर ।

यहि माघ २४ गते देखि आयोजना हुने पाँचौँ साँफेबगर महोत्सव प्रचार–प्रसार उपसमितिको बैठक आइतबार साँफेबगरमा सम्पन्न भएको छ।

पाँचौँ साँफेबगर महोत्सव प्रचार–प्रसार उपसमिति संयोजक तपेन्द्र बहादुर कुँवरको अध्यक्षतामा बसेको बैठकले महोत्सवलाई सफल पार्नका लागि अछाम जिल्ला स्थित सम्पूर्ण संचार माध्यमहरुले आइतबारबाट प्रचार–प्रसारका कार्यहरु अघि बढाउने, महोत्सवलाई सफल पार्नका लागि अछाम, बाजुरा र डोटीका मिडियाहरुसंग समन्वय गरी प्रचार–प्रसारका कार्य गर्ने लगायतका निर्णय गरेको छ।

बैठकमा पाँचौँ साँफेबगर महोत्सव प्रचार–प्रसार उपसमिति सदस्य गीता कुँवर, डण्डीराज भट्ट, एकेन्द्र महता, सुरत सुनार, महोत्सबका प्रवक्ता लाल बहादुर कुँवर नेत्रको उपस्थिति रहेको थियो।