अछाम । साँफेबगर नगरपालिका वडा नम्बर ३ को प्रभा धम्कोट माविमा बिएसि एजि कक्षा संचालनका लागि विभिन्न ब्यक्तिहरुले आर्थिक सहयोगको घोषणा गर्नु भएको छ ।
सरस्वति पुजाको अवसर र यहि चैत ८ गते देखि आयोजना हुने महायज्ञको बारेमा जानकारी गराउने उद्देश्यले आयोजित कार्यकममा विभिन्न ब्यक्तिहरुले सुरुवाति चरणमा ११ हजार ५० हजार आर्थिक सहयोगको घोषणा गर्नु भएको हो ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रिय सद्स्य तथा पूर्व सूचना तथा सञ्चार राज्य मन्त्री गोविन्द शाहले एक लाख १० हजार , शिक्षक पदम रावतले एक लाख, प्रधानाध्यपक जोगराज कुँवरले दुई लाख , शिक्षक अशिस कुँवरले एक लाख ५ हजार , नगर प्रमुख राजेन्द्र कुँवरले एक लाख ५० हजार , आर्थिक सकलन समिति सयोजक कृष्ण कुँवर एन्जिलाले २ लाख १ हजार , महायज्ञका प्रबक्ता आकश कुँवर एक लाख १ हजार शिक्षक हर्क कुँवर एक लाख ५५ रुपैया , नन्दकला कुँवर ५० हजार, भिम बहादुर ठकुल्लाले १ हजार १ सय आर्थिक सहयोगको घोषणा गर्नु भएको भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि युवा कथा बाचक युवा बाल श्री बिजयी मुर्ति महाराज ज्यु रहनु भएको थियो ।
कार्यक्रममा उहाँले एतिहासिक महायज्ञ बनाउन समुदाय सबै लाग्नु पर्नेमा जोड दिनु भयो । उहाँले तन मन धनले सहयोग गर्न आग्रह गर्दै महायज्ञको सहयोगका लागि महाराजले एक लाख रुपैया सहयोग प्रदान गर्नु भएको छ ।
विशिस्ट अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोबिन्द शाहले महायज्ञले शिक्षाको क्षेत्रमा महत्त्वपूर्ण योगदन गर्ने बताउनु भएको छ । बिएसि एजि कक्षा संचालनका लागि विद्यालयले थालेको प्रयास प्रसंसनीय भएको बताए ।
नगर प्रमुख राजेन्द्र कुँवरले समाजसेवी, ध्वज बहादुर कुँवर,निबर्तमान नगर प्रमुख कुल बहादुर कुँवरले शुभकामना मन्तव्य राख्दै यस महाअभियानमा सबैले हातेमालो गरेर सफल बनाउन आग्रह गरे ।
कार्यक्रममा समाजसेवी टेक बहादुर कुँवर ,भगवति खनाल, हिक्मत कुँवर, राजन कुँवर, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत कुँवर, पूर्व प्रधानाध्यापक कुल बहादुर कुँवर, वडा अध्यक्ष कुल बहादुर कुँवर, वडा सद्स्य हरु बल बहादुर कुँवर, नृप बहादुर कुँवर , लक्मि कुँवर, शारदा बिक लगायतका अतिथि रहनु भएको थियो ।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले विभिन्न कला प्रस्तुत गरेका थिए ।कार्यक्रमको संचालन महायज्ञका प्रबक्ता आकाश कुँवरले गर्नु भएको थियो । विद्यालयमा यहि चैत ८ गतेदेखि १४ गते सम्म महायज्ञको आयोजना हुदै छ ।