साँफेबगर नगरपालिकाका नगर उपप्रमुख शिव बहादुर कुँवर शिलोजले जोखिममा रहेका बालबालिकाको क्षेत्रमा ठोस योजना बनाएर अघि बढ्ने बताउनुभयो । कुँवरले असाहे, अभिभावक विहिन, जोखिममा परेका, अतिगरिव, बिभिन्न क्षेत्रमा काम गर्ने श्रमीक बालबालिकाको उद्धार तथा सहयोग गर्ने उदेश्यले नगरपालिमाले ४ वटा कोष निमार्ण गरेको बताउनुभयो । कोषमा प्रत्यक वर्ष नगरपालिकाले १÷१ लाख रकम कोषमा जम्मा गर्ने र जोखिममा रहेका बालबालिकालाई कोषबाटै सहयोग गर्ने बताउनुभयो । जोखिममा रहेका बालबालिकाको तथ्याङ्क संकलनमा सहजिकरण गर्न वडा अध्यक्ष तथा बाल अधिकार समितीका सदस्यलाई आग्रह गर्नुभयो । नगर बाल अधिकार समिति सयोजक शिव बहादुर कुँवरले नगरपालिकाका बिपन्न र असाहे बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण र अन्य व्यवस्थापन लागि नगरपालिका तयार रहेको बताउनुभयो ।
मसिक बैठकले आस्था नेपाल र बल्र्ड भिजनको प्राविधिक सहयोगमा बालबालिकाको ५ बर्ष रणनिती निमार्णका लागि २ दिने कार्यशाला संञ्चालन गर्ने, पालिकामा स्थापना भएका बालकोषमा आर्थिक बर्ष २०७९÷८० को बजेटबाट रकम थप गर्न अनुरोध गर्ने र जोखिममा रहेका बालबालिकाको अनुगमन तथा आवश्यक्ताका आधारमा सहयोग गर्ने लगाएतका निर्णय गरिएको छ । नगरपालिका स्तरिय बाल अधिकार समितीको आयोजनता तथा आस्था नेपाल र बल्र्ड भिजनको सहजिकरणमा भएको मासिक बैठकमा नगरपालिकाको निमिक्त प्रमुख प्रशासकिय अधिकृत पुष्प बहादुर बुढा, शिक्षा शाखा प्रमुख हिरादत्त भट्ट, वडा अध्यक्ष, आस्था नेपालका सामाजिक परिचालक कमल खड्का, धुर्व स्वार लगाएतको सहभागिता रहेको थियो । नगरको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख तथा बाल अधिकार समितीका सदस्य सचिव अनिता जोशिले संञ्चालन गर्नु भएको मासिक बैठकको सहजिकरण बालअधिकार समिति फिल्ड अधिकृत तथा नगर बाल अधिकार समितीका सदस्य भ्वानसिह सार्किले गर्नु भएको थियो ।