अछाम क्षेत्र न.१ स्वतन्त्र समुहको भेला साँफेबगरमा सम्पन्न


पैरवी खबर

अछाम क्षेत्र न.१ स्वतन्त्र समुहको भेला साँफेबगरमा सम्पन्न भएको छ ।

राजन कुँवरको प्रमुख आतिथ्यता र लक्ष्मण कुँवरको अध्यक्षतामा भएको भेलाबाट १२७ सदस्यीय स्वतन्त्र समिति गठन गरिएको छ ।

जसमा अध्यक्ष लक्ष्मण कुँवर ,उपाध्यक्ष दिपक खत्री ,सचिव प्रेम कुँवर,कोषाध्यक्ष अशोक कुँवर गरि अन्य सदस्यहरु रहेका छन ।

भेलामा चुनावी समिक्षा गरिनुका साथै ४२ ओटै वडामा संगठन निर्माण गर्ने , भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्ने ,मासिक लेबि उठाउने ,मासिक बैठक महिनाको अन्तिम शनिबार बस्ने लगायतका निर्णय गरिएका छन ।

भेलामा बोल्दै राजन कुँवरले मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा आफुलाई मतदान गर्ने मतदाताहरुलाई उच्च सम्मान गर्दै धन्यवाद दिनुभएको छ ।

चुनावमा भएका कमि कमजोरीको विषय बोल्दै : आगामी पाँच वर्षको तयारी वडा देखी नगर सम्म युवा शक्तिलाई एकताबद्द गर्ने ,भ्रष्टाचार हुन नदिने भ्रष्टाचार गर्नेहरुमाथी कडा निगरानी राख्ने ,आफू सदैव अछामी जनताको साथ र सहयोगमा उभिने बताउनु भएको छ।

बयालपाटा अस्पताल संचालनकोलागि सदैव लागि पर्ने, थप प्रविधिहरु ल्याउनमा विभिन्न निकायसंग समन्वय र पहल गर्ने पनि बताउनु भएको छ।
भेलाको संचालन सतिश कुवरले गर्नुभएको थियो ।