साँफेबगर : दलित एकता समाज प्रवास भारत महाराष्ट्र पुनाको आर्थिक सहयोगमा साँफेबगर नगरपालिका वडा न.१४ पातलकोटका भुकम्प पीडितहरुलाई कम्बल वितरण गरिएको छ ।
कार्तिक २२ गते देखि दिनै पिच्छे गइरहेको विनासकारी भुकम्पका कारण खुला आकाशमुनि दिन रात गुजारिरहेका पातलकोटका जनता बृद्ध, टुहुरा बालबालिका ,गरीबहरुलाई ३०० थान कम्बल वितरण गरिएको हो ।
दलित एकता समाजले गरेको यो महत्त्वपूर्ण कार्यका लागि पातलकोटबासी जनताले खुशी व्यक्त गर्दै एकता समाजलाई धन्यवाद दिएका छन ।
विभिन्न समयमा दुखमा परेका समुदायलाई यस समाजले सहयोग गर्दै आइ रहेको कुरा त्यहाँका स्थानीय राजेश विकले पैरवी खबरलाई जानकारी दिनु भयो ।