सामाजिक सदभावकालागि धार्मिक संजाल गठन


पैरवी खबर

साँफेबगर : सशक्तीकरणका क्षेत्रमा युवाहरू (एस-नेपाल )द्वारा संचालित पिस कार्यक्रम अन्तर्गत सामाजिक सदभावकालागि धार्मिक संजाल गठन गरिएको छ ।

गोपाल प्रसाद रेग्मीको अध्यक्षतामा ११ सदस्यीय धार्मिक संजाल गठन गरिएको हो । जसमा :उपाध्यक्ष ममता मिया ,सचिव बुद्धि विक , सह सचिव सविता भण्डारी , कोसाध्यक्ष मनिसा बुड्थापा र सदस्यमा सपना कडायत, भावना कडायत , यज्ञ प्रसाद उपाध्याय , नवराज विक रहेका छ्न ।

यस्तै केशर मियाको संयोजकत्वमा सल्लाहकार समिति पनि गठन भएको छ । जसमा उत्तरा जोशी र सारा ठकुल्ला सदस्य हुनुहुन्छ ।

कार्यक्रममा एस नेपालका कार्यवाहक अध्यक्ष ढकेन्द्र कुँवर , पिस कार्यक्रमका कार्यक्रम संयोजक गोरख महता र लेखा व्यवस्थापक बम रावलको समेत सहभागिता रहेको थियो ।