साफेबगर : एकीकृत अखिल नेपाल शिक्षक संगठन मेल्लेख गाउँपालिकाको तेश्रो सम्मेलन आज सम्पन्न भएको छ ।
खम्म महरको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि एकीकृत अखिल नेपाल शिक्षक संगठन अछामका सचिव हिक्मत थापा रहनु भएको थियो।
विशिस्ट अतिथि माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य भिम बुढा सुवास रहनु भएको थियो भने अखिल क्रान्तिकारी केन्द्रिय सचिव गम्भीर साउद, संगठन जिल्ला कमिटी सदस्य इन्द्र साउद, मनिराज महर, कासिराम न्यौपाने , भुपेन्द्र शाह नृप बिक अतिथि रहनु भएको थियो ।
मोहन नायकले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन नन्द बहादुर धामीले गर्नु भएको थियो।