वाक नेपालले जोड्यो ऋषिदहका ९४ घर परिवारलाई वित्तीय संस्थासँग


पैरवी खबर

साफेबगर ।
वाक नेपाल र वर्ल्ड भिजनकाे साझेदारीमा संचालित एकीकृत उत्थानशिल जिविकाेपार्जन तथा पाेषण परियाेजना अन्तर्गत मेल्लेख गाउँपालिका वडा नं. १ र २ ऋषिदहमा गत बर्ष माघ महिनामा गठन गरिएका ४ वडा रुपान्तरणकारी बचत समुहमा ९४ जना महिलाहरु समावेश गरिएका छ।

वाक नेपालकाे विशेष पहलमा शेयर प्रमाण पत्र प्रदान गर्दै ९४ जना मध्ये बाट १ न. वडाका ५० जनामा ४८ जना जनकल्याण कृषि सहकारी संस्थामा र २ जना लघु वित्तमा जाेडिएका छन् भने २ न. वडाका ४४ जनामा ४३ जना महिला एकता बहुउद्देश्यीय सहकारी संस्थामा र १ जना जनकल्याण कृषि सहकारी संस्थामा जाेडिएका छन्।

साप्ताहिक रुपमा कुनै निश्चित बारमा २०/२० रुपैयाँ गरि जम्मा ४४ हप्ता सम्म निरन्तर वित्तीय साक्षरताका कक्षा संचालन, बचतकाे आवश्यकता किन/केका लागि?, बचत गर्ने बानीकाे विकास र बचत सँगसँगै आयआर्जनमा कसरी जाेडिने भन्ने लगायतका विषयमा छलफल तथा अनुशिक्षण सहित निरन्तर बचत गरेर अन्तिममा रुपान्तरणकारी बचत समुहका महिलाहरुलाई एक कार्यक्रमका बिच वित्तीय संस्था सँग जाेडेर समुहहरुको बिदाई गरिएकाे हाे।

मेल्लेख गा. पा. वडा न. १ र २ का वडा अध्यक्ष हरुकाे अध्यक्षतामा सम्पन्न गरिएका छुट्टाछुट्टै कार्यक्रमका अतिथि वडा सदस्यहरु, पुर्व वडा अध्यक्ष, चण्डिका मा.वि. का प्र.अ दल ब. बुढा, जनकल्याण कृषि सहकारीका अध्यक्ष अर्जुन धामी, महिला एकता बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चन्द्रा कु. राेकाया (बुढा), वाक नेपाल बाट महासचिव अप्सरा कुवँर, कार्यक्रम व्यवस्थापक चेतराज जाेशी, अनुगमन अधिकृत जगत ब. रावल, कार्यक्रम अधिकृत निरञ्जना पनेरु, फिल्ड परिचालक कविता साउँद, आस्था नेपालका सामाजिक परिचालक धुर्वराज भण्डारी लगायत सराेकार राख्ने व्यक्तित्वहरुकाे उपस्थिति रहेकाे थियाे।

रुपान्तरणकारी बचत समुहहरुकाे अवधारणा बिल्कुलै नवितम् भएकाेले आगामी बर्षका लागि अभ्यासका रुपमा १/१ वटा समूह वडा कार्यालयले जिम्मा लिने वडा अध्यक्षहरु कुशलराज बुढा र दिल ब. धामीले प्रतिबद्धता जनाउनु भएकाे छ।

कार्यक्रममा अन्तरक्रियात्मक कार्यक्रमलाई जनकल्याण कृषि सहकारीका व्यवस्थापक मानसिँह वि.क. र महिला एकता बहुउद्देश्यीय सहकारीका व्यवस्थापक भिम ब. बुढा तथा वाक नेपाल बाट अनुगमन संयाेजक जगत रावल र कार्यक्रम संयाेजक गाेपि सिँह नेपालीले सहजीकरण मार्फत जिज्ञासाहरुकाे जवाफ दिनु भएकाे थियाे।

कार्यक्रम व्यवस्थापक चेतराज जाेशीकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे संचालन वाक नेपालका फिल्ड परिचालक भुपेन्द्र भण्डारीले गर्नु भएकाे थियाे ।