लालबहादुर चदारा
अछाम जिल्लाकाे मेल्लेख गाउँपालिकामा प्रधानाध्यापकहरुकालागि ३ दिने नेतृत्व विकास तालिम पालिका सभाहलमा सम्पन्न भएकाे छ ।
विद्यालयकाे सामुहिक उद्देश्य प्राप्तिकालागि नेतृत्व अभ्यास कार्यान्वयन ,शिक्षाको मापदण्ड पुरा गर्न ,शिक्षाका गतिविधि आधुनिक परिवेशमा बदल्न शिक्षाको गुणस्तर ,प्रभावकारिताका लागि ,प्रधानध्यापक काे जिम्मेवारी ,वहनमा प्रतिबद्ध गराउन, साथै मेल्लेखका विद्यालयलाई नमुना विद्यालयकाे रुपमा विकास गर्न शिक्षा नीतिमा भएका अधिकार प्राप्ति शिक्षाकाे बृद्धि विकास ,सुशासन कायम गर्ने उद्धेश्यले तालिमको आयाेजना गरिएको थियोे ।
तालिम मेल्लेख गाउँपालिका शिक्षा ,युवा तथा खेलकुद शाखा काे आयाेजनामा भएको हाे । तालिम समापन जनता मा.वि .का प्रधानध्यापक नृप बहादुर बि. क. काे अध्यक्षतामा सम्पन्न भएको थियोे । समापन तालिमका प्रमुख अतिथि मेल्लेख गाउँपालिका कार्यवाहक अध्यक्ष तिलक कडायत रहनु भएको थियो ।
तालिममा सहभागी सम्पूर्ण विद्यालयकाे प्रतिनिधित्व गर्दै पिपलचाैर मा . वि . का प्रधानध्यापक उपेन्द्र शाह ले तालिममा सिकेका कुरा सबै विद्यालयमा कार्यान्वयन गर्नुपर्ने र तालिम निकै उपयाेगी रहेकाे बताएका छन।
मेल्लेखका ४२ वटै विद्यालयका प्रधानाध्यापककाे सहभागिता रहेकाे तालिमको सहजिकरण शिक्षा विकास समन्वय इकाई प्रमुख लक्ष्मणराज गिरि र मेल्लेख गाउँपालिका शिक्षा ,युवा तथा खेलकुद शाखा प्रमुख बिरेन्द्र खड्काले गर्नु भएको थियाे ।