आफू बदलिए पो देश बदलिन्छ ! पैरवी खबर


पैरवी खबर

“यीनिहरुका कारणले गर्दा मात्र देश बर्बाद भएको हो ! म त योग्य छु साथै सभ्य पनि छु नी”! भन्ने सोचलाइ पहिलो कुरा त मानसिकताबाट हटाउँ।
सबै नागरिकहरुको उत्तिकै जिम्मेवारी छ यो देश बर्बाद हुनुमा , कसैले पनि पानी माथिको ओभानो हुने चेस्टा नगर्दा हुन्छ। अपराध गर्नै पर्दैन अपराधीलाई साथ दिदा पनि अपराधी कहलिन्छ। कुरा बुझ्यौ त झ्याउकुरी हरु ।
तिम्रो कुरामा तिमी जस्तै २/४ जनाले वाह वाह गर्दैमा तिमिले के आफुलाई बडा मसिहा ठान्छौ कि क्या हो !सक्छौ भने अदालतबाट दोषी प्रमाणित गरेर देखाउ कुनै एक भ्रष्टाचारीलाइ । सक्छौ भने आधारभूत अधिकारबाट बन्चितलाई अधिकार दिलाउ ? सक्छौ भने शिक्षा स्वास्थमा भैरहेको विभेदको अन्त्य गर ? हैन भने चिल्लाउनु केहि अर्थ छैन । कौवा जस्तै का का ।
संसारमै उत्कृष्ट शासन प्रणालीको रुपमा ब्याख्या गरिन्छ प्रजातन्त्रलाई । तर नेपालमा भने यसलाई अपब्याख्या गरियो । जिम्मेवारी बहन गर्नु त कता हो कता सबै अधिकार मात्र माग्न थाले ।अनि नेपालको शासन प्रणाली पनि त्यही रुपमा अघाडी बढ्दै गयो।जस्का कारण आज सम्पुर्ण सरकारी संयन्त्रहरु भ्रष्ट भए । त्यसपछि त देशमा न्याय हरायो ,अराजकता फैलियो, भ्रष्ट र दलालहरुको नै हालिमुहाली भयो।जस्का कारण आज गरिब आम जनताले त्यो पिडालाई प्रत्यक्ष रुपमा भोग्दै आइरहेका छन।
झोले दलालहरुकोलागि त यो व्यवस्था स्वर्णिम बनेको छ। तेसैले हामी सबैको गैरजिम्मेवारीका कारणले निम्त्याएको यो अवस्थालाई रोक्न र जिम्मेवारी बहन गर्ने युवाहरुको देशलाई खाँचो छ। देशको मुहार फेर्नु छ भने पहिलो कुरा त जिम्मेवारी काधमा बोकौ,यी कथित रास्ट्रघातीहरुलाई डाँडा कटाउँ,न्यायको अपव्याख्या गर्नेहरुलाई कठघरामा उभ्याउने प्रयास गरौ। यदि यति गर्न तयार हुदैनौ भने अरुको शरीरमा हिलो च्याप्ने काम बन्द गरौ।आफ्नो मुल्यांकन पनि गरु कि! मेरो उचाइ कति छ भनेर।सकेसम्म मानसिक उचाइमा पनि ध्यान दिउ । कति बोल्दा सुहाउँछ त्यसको पनि ख्याल गरौ।हैन भने तिम्रो भुकाइको अर्थ नत हिजो थियो नत आज छ नत भोलि हुनेछ। भुक्न जति सहज छ नी त्यति नै असहज छ मैदानमा काम गर्न। कसै न कसैको आशिर्वादबाट आफ्नो काम गरिरहने अनि सामाजिक संजालमा भुक्ने दोहोरो चरित्रको पनि अन्त्य गरौ । थाह छ हामिलाई बिना आशिर्वाद तिम्रो दैनिकी कस्तो हुन्छ भन्ने पनि।