शैक्षिक क्षेत्रको रुपान्तरण आजको आवश्यकता -सुर्जन नेपाली


पैरवी खबर

शिक्षकलाई कुनै पनि राजनीतिक दलको झोले बनाउनु हुदैन । हाल सम्म नेपालका राजनीतिक दलहरु शिक्षकलाई आफ्नो नेता र कार्यकर्ता बनाइ राजनीतिक स्वार्थ लुटिरहेका छन । कोहि काङ्ग्रेस शिक्षक कोहि कम्युनिस्ट शिक्षक र कोहि राजाबादी शिक्षकको ट्याग भिरेर विद्यालयलाई राजनीति थलो बनाइ जागिर बचाउने र आफ्ना छोराछोरीलाई देश विदेशका महङगा विद्यालयमा सहुलियत वा राजनीति कोटामा पठाइरहेका छन । नेपाल भरिका विद्यालय र विश्व विद्यालयहरु राजनीतिक नेतृत्व उत्पादन गर्ने कारखाना बनाइएको छ ।
कुनै विद्यार्थीले मरिमेटी पढ्दा पनि राम्रो अंक ल्याउन सकेका छैनन् तर विद्यार्थी संघ सङगठनमा आवद्ध विद्यार्थीहरु राम्रो अंक ल्याइ पास भैरहेका छन । शिक्षा क्षेत्रमा रुपान्तरण ल्याउन हालको शिक्षा नियमावली परिमार्जन गरिनु पर्दछ ।
शिक्षकलाई विशिस्ट स्तरको मान्यता प्रदान गरि निजामती सेवा भन्दा माथिल्लो र सेवा सुविधा पनि माथिल्लो स्तरको हुनु पर्दछ । विकसित देश जापान र अमेरिकामा शिक्षक र वकिल विशिस्ट स्थान दिएको हुन्छ । खाली दिमाग भरिएको बालकको मस्तिष्कमा पढ्न लेख्न सक्ने ज्ञान भर्ने पात्र लाई सम्मान दिनुको सट्टा अपमान र कम सुविधा दिनु सरकारको निकम्मा ब्यवहार हो । विशिस्ट श्रेणीमा विद्यालय र विश्व विद्या लय शिक्षा प्राप्त ब्यक्तिलाई मात्र शिक्षक बनाइनु पर्दछ ।
परम्परागत शैलीमा आधारित बुर्जुवा अद्क्ष जनशक्ति उत्पादन गर्ने बासी शिक्षामा आधारित पाठ्यक्रम र पाठ्यसामग्री परिवर्तन गरिनु पर्दछ । आधुनिक प्रविधियुक्त बैज्ञानिक , ब्यवसायिक , रोजगारयुक्त र खोज तथा अनुसन्धानमुलक पाठ्यक्रम र पाठ्य पुस्तक तयार परिनु पर्द्छ । विद्यालय पढाउने अवधी १५ बर्ष कायम गरिनु पर्द्छ । पुरानो शिक्षा पढेर शिक्षक पेशामा लागेकालाई विशेष सुविधा सहित स-सम्मान बिदाइ गर्ने प्रबन्ध मिलाउनु पर्द्छ ।
प्रत्येक २/२ वर्षमा सरुवा को ब्यवस्था हुनुपर्छ । स्थानीय ब्यक्तिलाई प्र अ बन्न नपाउने ब्यवस्था हुनु पर्छ । ब्यवस्थापन समिति गैर राजनीतिक हुनुपर्छ । सो समितिलाई सुविधा सहित आयोगको सिफारिसमा खटाइने ब्यवस्था हुनु पर्द्छ । वि.ब्य .स .मा नियुक्त हुने ब्यक्ति अध्यक्षमा स्नातक वा स्नातकोत्तर पास गरेको र शिक्षा क्षेत्र को जानकार हुनु पर्द्छ ।
सबैका छोराछोरी सरकारी स्कुलमा पढाउनु पर्ने अनिवार्य ब्य्वस्था हुनु पर्छ । निजि बिधालयले अङ्ग्रेजी शिक्षाको नाममा गर्दै आएको ब्यापार बन्द गरिनु पर्छ । निजी विद्यालय बाट उत्पादित जनशक्ति विदेशकालागि मात्र काम लाग्ने भएका छन । सामुदायिक विद्यालयबाट आएको जनशक्ति नेपालका लागि उपयुक्त छन जसलाई योग्य र सक्षम बनाउने जिम्मा सरकारले लिनु पर्दछ । शिक्षकको क्षमता बढाउन नियमित तालिम तथा खोज अनुसन्धानकार्य लाई निरन्तरता दिनु पर्छ । विद्यालय मा आवश्यक दरबन्दीको ब्यवस्था सरकारले गर्नुपर्द्छ । ब्यवस्था पढदै कमाउदै गर्ने प्रविधियुक्त ब्यवसायिक र गुणस्तरीय शिक्षाकालागि सरकारले अधिकतम बजेट विनियोजन गर्नुपर्छ । नभए स्थायी भनिएका पुराना ४ गिलासे शिक्षकहरु ६० वर्षको उमेर सम्म रहि रहन्छन जसका कारण गुणस्तरीय वृद्धि रोकिन्छ । नेपालका अधिकांस शिक्षक आफ्ना छोराछोरीहरुलाई निजी स्कुलमा पढाउछन। आफुले पढाई रहेको विद्यालय शिक्षा प्रति उनिहरु विश्वस्त छैनन् र जनताका छोराछोरीलाई पढ पढ लेख लेख भन्दै जागिर जीवन बिताइरहेका छन । शैक्षिक सवाल सम्बोधन गर्न र सामुदायिक विद्यालय शिक्षालाई गुणस्तरीय बनाउन स्थानीय प्रदेश सरकार र संघीय सरकार जिम्मेवार छैनन् । शैक्षिक क्षेत्रको रुपान्तरण र सुधारकालागि स्थानीय प्रदेश र संघीय सरकारलाई तपशिलका प्रश्नको जवाफ माग्नु पर्द्छ ।
कहिले हुन्छ ? शिक्षक देख्ने बित्तिकै सबैले सम्मान गर्ने
कहिले हुन्छ ? शिक्षक सर्वज्ञानी र सबै भन्दा जान्ने
कहिले हुन्छ? राज्यमा सबै भन्दा बढी सुविधा पाउने शिक्षक
कहिले हुन्छ ? सबै भन्दा पहिला सम्मानित हुने ब्यक्ति शिक्षक
कहिले हुन्छ ? राजनीतिक झोले बिहिन शिक्षक
कहिले हुन्छ ? विज्ञ र सुविधायुक्त वि. ब्य .स
कहिले हुन्छ ? कर्कटपाता मुनिको पढाईमुक्त र पक्की संरचना
कहिले हुन्छ ? गएगुज्रेका पिउने बानी परेका अयोग्य शिक्षकको स-सम्मान बिदाइ
कहिले हुन्छ ? नीजि विद्यालयको अङ्ग्रेजी ब्यापार बन्दको ब्य्वस्था
कहिले हुन्छ ? सुविधा सम्पन्न सरकारी विद्यालयको संरचना
कहिले हुन्छ ? शिक्षकलाई आफ्नो पेशाप्रति गर्भानुभुती
कहिले हुन्छ ? पढ्दै कमाउदै गरेको दक्ष जनशक्ती