एकिकृत समाजवादीका पोलिटव्युरो सदस्य एवंम् पूर्व कानून मन्त्री गोविन्द वन्दिले तत्कालीन प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर संविधानलाई नै धरापमा पार्ने काम गरेपछि गठबन्धन बनेको बताउनुभएको छ । साँफेबगरमा सत्ता गठबन्धले आयोजना गरेको क्षेत्रीय आमसभालाई सम्वोधन गर्द पोलिटव्युरो सदस्य वन्दीले संविधान र लोकतान्त्रक रक्षाको लागि पाँच पाँचदलीय गठबन्धन बनेको बताउनुभयो । उहाँले वाम गठबन्धनलाई प्राप्त भएको जनमतको दुरुपयोग समेत जिकिर गर्नुभभयो । वाम गठबन्धनको मतको सदुपयोग गर्नुको सट्टा अवसरको अधिकांश समय र ऊर्जा सर्वसत्तावादी शासन स्थापना गर्नमा खर्चिएको पूर्व मन्त्री वन्दीको आरोप रहेको छ । वाईट
पूर्व मन्त्री वन्दीले संसद् विघटनमा साथ दिएर राष्ट्रपति विद्यादेवि भण्डारीले मुलुक, लोकतन्त्र र संविधानको संरक्षक नभएर एमालेको ओली गुटको संरक्षक भएको आरोप लगाउनुभयो ।
चुनावी आमसभालाई सम्वोधन गर्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एबम प्रतिनिधि सभा क्षेत्र १ का प्रतिनिधि सभाका उम्मेद्बार शेरबहादुर कुँवरले गठबन्धले जितेमा सेति लोककमार्गको काम तीन वर्षमा सम्पन्न गर्ने, वुढीगंगा जलविद्युत आयोजनाका कामलाई तिव्रता दिने, वयलपटा अस्पताल र एरर्पाटको स्तरउन्नती, वुढीगंगा नदीले गर्दै आएको कटान न्यूनिकरण लगायतका अछामका गौरवका आयोजनालाई अघि बढाउने प्रतिवद्धता व्यक्त गनुएभयो । वाईट
उहाँले नेकपा एमालेका उम्मेदवार झपट वोहरालाई लक्षित गर्दै एमालेको संगठन बनाउँदा कहाँ थिए भनेर प्रश्न गर्नुभयो । एमालेमा शेरबहादुरको भूमीका नरहेको भनेर दिएको तर्कप्रति लक्षित गर्दै मन्त्री कुँवर वोहरालाई कम्युनिष्टको विचार, सिद्धान्तका वारेमा आफूसँग पाठ पढ्न आउन चुतौति दिनुभयो । वाईट
नेपाली कांग्रेसका केन्द्रिय सदस्य पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री गोविन्द शाहले कांग्रेसका शाख जोगाउन गठबन्धन आजको आवश्यकता रहेको बताउनुभयो । उहाँले माओवादी र एकिकृत समाजवादी पार्टी भन्दा पनि कांग्रेसलाई गठबन्धन आवश्यक रहेको बताउनुभयो । वाईट
नेपाली कांग्रेसका क्षेत्रीय सभापति कृष्ण वुढाको अध्यक्षतमा भएको चुनावि आमभमा नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य एवम राष्ट्रिय सभा सदस्य तारामान स्वाँर, नेपाली काग्रेस सुदुरपश्चिम प्रदेसका महामन्त्री प्रदेस सभा (क) का उमेदवर मेघराज खड्का, प्रदेस सभा (ख) का उमेदवर प्रदेश झपट साउद, क नेपाली कांग्रेसका निवर्तमान सभापति भरत कुमार स्वाँर, प्रदेश एकीकृत समाजवादी केन्द्रिय सदस्य अछाम ईन्चार्ज कुलबहादुर कुँवर, केन्द्रिय सदस्य मिना साउद, शंकर भण्डारी, माओवादी केन्द्रका केन्द्रिय सदस्य दिपक साउद, समानुपाति उम्मेदवार टिकाराम खनाल, डम्मर सुनार, समानुपतिक उम्मेदवार केशरी रेग्मी, लगायतको सहभागिता रहेको थियो । माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य मनोज रावलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन एकिकृत समाजवादीका नेता झंकर कुँवरले गर्नुभएको हो ।


