आफ्नै लगानीमा उमेश रसाइलीले गरे भुकम्प पीडितहरुलाई त्रिपाल वितरण


पैरवी खबर

कार्तिक २२ गते राती गएको भुकम्पका कारण क्षेती भएका घरका परिवारहरुलाई त्रिपाल वितरण गरिएको छ ।
मनकारी समाजसेवी युवा उमेश रसाइलीले आफ्नो ब्यक्तिगत लगानीमा साँफेबगर नगरपालिका वडा न.४ मस्टामाण्डौका केहि गरीब परिवारलाई ६ वटा त्रिपाल वितरण गरेका हुन ।

उहाँको यो अतुलनीय कार्यका लागि भुकम्प पीडितहरुले सार्है प्रसंशा गरेका छन । आज भुकम्प गएको ७ औं दिन पुगि सक्दा पनि वडा सरकार र नगर सरकार आफ्नो हितमा नभएको महसुस भएको भुकम्प पीडितहरुको भनाइ रहेको छ ।

त्रिपाल वितरण कार्यक्रममा साँफेबगर नगरपालिका नगर कार्यपालिका सदस्य अनिल रैगाइको उपस्थिति रहेको थियो ।